पर्यटन बर्ष २०२० लाई लक्षित गर्दै सिन्धुली जिल्लाको कमलामाइ नगरपालिकाको ऐतिहासिक तथा धार्मिक महत्वलाइ माथि उठाउने याेजना सहित वृत्तचित्र निर्माण गरिएको छ ।
जिल्लाको वृद्धि र बिकाशकाे याेजना सहित निमार्ण गरिएको उक्त बृत्तचित्रमा समग्र सिन्धुली र त्यसमा पनि कमलामाइ नगरपालिकाको ऐतिहासिक तथा धार्मिक स्थलहरुको बारेमा पुर्ण रुपमा जानकारी सलग्न गरिएको छ ।
बृत्तचित्रको आबरण बागबजार स्थित होटल हार्दिकमा सार्वजनिक गरिएको छ ।
उक्त वृत्तचित्र सिद्धबाबा ब्यबसाय उद्यमसिल परामर्श तथा तालिम केन्द्र एन्ड मिडिया प्रा.लि का प्रबन्धक निर्देशक मनोज कुमार देबकोटाले सार्वजनिक गरेका हुन् भने बृत्तचित्रको आवरण बाशु क्षितिजले तयार पारेका थिए ।
यस बृत्तचित्रलाई मनोज कुमार देबकोटा र बिश्वदीप घिमिरेले संयुक्त रुपमा निर्देशन गरेका हुन् । अहिले आबरण मात्र सार्वजनिक गरिएको साथै चाँडै नै एक विशेष कार्यक्रमबिच बृत्तचित्रको बिमोचन गरि सार्वजनिक गरिने जानकारी वृत्तचित्र निर्देशक बिश्वदीप घिमिरेले बताएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij