
राजधानीमा आयोजित एक विशेष कार्यक्रम बीच सिन्धुलीबाट आगामी निर्वाचनमा उम्मेदवारी दिएका नेपाली काङ्ग्रेसका उम्मेदवारहरुको चुनावी वृत्तचित्र सार्वजनिक गरिएको छ ।
चलचित्र निर्देशक विश्वदीप घिमिरेले निर्वाचनको क्रममा प्रचारप्रसारको निम्ति तुलानात्मक रुपमा बढी प्रभावकारी हुने मान्यताले चुनावी प्रचारप्रसारको नयाँ माध्यमको रुपमा उक्त वृत्तचित्र सार्वजनिक गरेका हुन् । सोही समयमा चलचित्र निर्देशक घिमिरेले सबै जनतालाई पार्टी र विचार भन्दा माथि उठेर राष्ट्र र राष्ट्रियताको पक्षमा काम गर्ने व्यक्तिलाई भोटको माध्यमबाट विवेकपूर्ण ढङ्गले मतदान गरी निर्वाचित गर्नुपर्नेमा जोड दिएका छन् ।


हाल सिन्धुलीको २ नम्बर क्षेत्रबाट प्रत्यक्ष तर्फ विकासप्रेमी नेता नरेन्द्रजंग थापाले उम्मेदवारी दिएका छन् भने प्रदेशसभाको निम्ति २ (क) बाट माणिक ढकाल र २ (ख)बाट क्षेत्र बा. बम्जनले उम्मेदवारी दिएका छन् ।
यी व्यक्तिहरु राजनीतिक रुपमा नेपाली काङ्ग्रेसमा संलग्न छन् । यी नेताहरुसँग विकासको स्पष्ट भिजन भएको कारण जनताका समस्याहरु समाधानको निम्ति जनताले भोटको माध्यमबाट विजयी गराउनुपर्ने कुरामा घिमिरेले जोड दिएका छन् ।

सिन्धुलीबाट काठमाडौं आई अध्ययन, व्यवसाय लगायतका विभिन्न कार्यमा संलग्न रहँदै आएका व्यक्तिहरुको बाक्लो उपस्थिति बीच चुनावी वृत्तचित्र सार्वजनिक गरिएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij