काठमाडौं । संघीय संसदमा हिजो लिइएको ४१ सय ४१ जनाको स्वाब परीक्षणमा सबैको कोरोना संक्रमण नेगेटिभ रिपोर्ट आएको छ ।
संघीय संसदका सांसद, कर्मचारी र सुरक्षाकर्मीको स्वाब परीक्षण गरेर जनस्वास्थ्य प्रयोगशालाले रिपोर्ट सार्वजनिक गरिएकाे हाे ।
हिजो पिसिआर परीक्षणका लागि २ सय ७५ सांसद सहित अन्यको स्वाव संकलन गरिएको थियो ।
आज दिउँसो ४ बजेबाट बस्ने संसद बैठकअघि पनि सांसद, कर्मचारी तथा सुरक्षाकर्मीको स्वाव लिइएको छ ।
आज २ सय ५१ जनाको स्वाब लिइँदैछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij