२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

२४ गते वितरक महासंघको १२ औं अधिवेशन सम्पन्न हुँदै

२४ गते वितरक महासंघको १२ औं अधिवेशन सम्पन्न हुँदै

पूर्वतयारीमा जुट्यो महासंघ

 नेपाल वितरक महासंघको १२ औं साधारणसभा चैत्र २४ गते आयोजना हुने भएको छ ।

उक्त साधारणसभाको लागि तयारी कार्य अघी बढिसकेको नेपाल वितरक महासंघका अध्यक्ष हरिराज पन्तले बताएका छन् साधारणसभा काठमाण्डौ बुढानिलकण्ठ स्थित सञ्चालनमा रहेको पाँचतारे होटल ‘लेमन टि प्रिमियर’मा सम्पन्न हुने छ ।

साधारणसभा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता एवं नेपाल वितरक महासंघका केन्द्रीय अध्यक्ष हरिराज पन्तको सभापतित्वमा सम्पन्न हुनेछ ।

नेपालका ४२ जिल्लाका जिल्ला संघहरु सदस्य रहेको महासंघले अधिवेशनको लागि रजिष्ट्रेसन शुरु गरिसकेको छ । हाल सम्म करिब १ सय प्रतिनिधीहरुको रजिष्ट्रेसन गरिसकेको जानकारी महासचिब राजकुमार श्रेष्ठले जानकारी दिए।

साधारणसभामा देशभरबाट गरी करिब २ सय सदस्य प्रतिनिधिहरुको उपस्थिति रहनेछ । साथै विभिन्न क्षेत्रमा संलग्न ब्यवसायी एव सामाजिक प्रतिष्ठित व्यक्तिहरुको समेत उक्त कार्यक्रममा सहभागिता रहने महासंघले जनाएको छ ।

नेपाल वितरक महासंघ नेपालमा उत्पादन भएका एवं बाह्य बजारबाट आयात गरिएका विभिन्न उत्पादनहरु वितरण तथा बजारीकरणमा संलग्न व्यवसायीहरु समेटिएको एक मात्र अभिभावकीय संस्था हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij