२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

२३ दिनदेखि लेखापाल बेपत्ता

२३ दिनदेखि लेखापाल बेपत्ता

पूर्वाञ्चल क्षेत्रीय हुलाक निर्देशनालय विराटनगरबाट काजमा खटिएका लेखापाल कुलबहादुर थापा २३ दिनदेखि बेपत्ता भएका छन् । निर्देशनालयबाट मंसिर ६ मा जिल्ला हुलाक कार्यालय उदयपुर र सप्तरीको भ्रमणमा गएका थापा ९ गतेदेखि बेपत्ता भएका हुन् ।

उनकी पत्नी रेवताले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी पतिको खोजी गरिदिन सरोकारवाला निकायलाई आग्रह गरिन् ।
‘मंसिर ९ गते बिहान ७ बजे आफूले फोन गरेपछि भण्टाबारीबाट हिँड्न लागेको भन्नुभएको तर आजसम्म आउनुभएको छैन,’ उनले भनिन्, ‘कार्यालय प्रयोजनका लागि खटिएका आफ्ना पतिको खोजीमा प्रहरी प्रशासनलाई गम्भीरतापूर्वक लाग्न आग्रह गर्दछु ।’ यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij