काठमाडौं– प्रहरीले जापान पठाउने नाममा १ करोड ३१ लाख ५० हजार ठगि गर्ने समुहका मुख्य नाइके भनिएका युवालाई पक्राउ गरेको छ । 
सिन्धुपाल्चोक मेलम्ची घर भएका सबिन प्रकाश दनुवारलाई भदौ २४ गते काठमाडौको बसुन्धराबाट केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार दनुवारले सरकारी कोटामा कृषि सम्बन्धी कामका लागि जापान पठाइदिने भन्दै२८ जनाबाट ७ देखि १२ लाख सम्म रकम लिएका थिए । व्युरोले उनलाई थप अनुसन्धानका लागि सोमबार काठमाडौ जिल्ला अदालत पेश गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij