
काठमाडौं । नेपालका लागि होन्डा ब्रान्डको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.ले ‘एसपी १२५’ मोटरसाइकल सार्वजनिक गरेको छ ।
एसपी १२५ बीएसभीआई, १२५ सीसी हर्स पावर क्षमताकाे हाे । यस मोटरसाइकल बीएसभीआई प्रविधि जडान गरिएकाे छ ।
मोटरसाइकलमा विषेश किसिमको चक्का तथा आर्कषक डिजिटल मिटर रहेका छन् ।
आधुनिक प्रविधिको एसीजी स्टार्टरले सवारीबाट निस्कने झर्को आवाजलाई सूक्ष्म मधुर आवाजमा रुपान्तरित गरिदिनेछ ।
याे माेटरसाइकल ग्राहकको चाहना अनुसारको आर्कषक डिजाइन तथा रङ्गहरुमा उपलब्ध छ ।
कम्पनीका अनुसार एसपी १२५ मोटरसाइकलको प्रारम्भिक मूल्य २ लाख ७८ हजार ९०० रूपैयाँ छ ।
सीमित अवधिका लागि तोकिएको यो मूल्यमा नजिकैको होन्डा शोरुम वा होन्डा नेपालको आधिकारिक वेवसाइटमा गई उपलब्ध क्यूआर कोड स्क्यान गरी खरिद वा बुकिङ गर्न सकिन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij