
शेर बहादुर परियार एक सफल पर्यटन व्यवसायी हुन् । उनले सानो उमेरमा नै पर्यटन सम्बन्धि अध्ययन गर्दै आएका थिए । भर्खर मात्र सम्पन्न भएको नेपाल ट्रेकिङ्ग एजेन्सी एशोसिएसन अफ नेपाल (टान) को समेत उनको उपस्थिति बलियो थियो ।
परियारका अनुसार नेपालमा भूकम्पपछि हामीहरुले सोचेअनुसार पर्यटकहरुलाई नेपालमा ल्याउन नसकेको भन्दै यसको निम्ति पर्यटन व्यवसायीहरुले पनि पहल गर्नुपर्ने कुरामा उनको जोड छ । नेपालमा अस्थिर राजनीतिकै कारण आज जुन रुपले पर्यटन व्यवसायीहरुले आफ्नो स्पिट अघि बढाउनु पर्ने हो, आज त्यो भइरहेको छैन, त्यो भनेको देशमा स्थायी खालको सरकार नभएकै कारण आज पर्यटन क्षेत्र मात्र होइन, कृषि, जलविद्युत, जडिबुटी लगायतका क्षेत्रहरुले सही रुपमा विकास हुन नसको कुरा परियार बताउँछन् ।
नेपालमा पहिलो पटक हात्तीको लिडबाट कागज उत्पादन आफूहरुले नै गरेको भन्दै कुराकानीको क्रममा भने, ‘हामीले नेपालमा हात्तीको लिडबाट विभिन्न किसिमका कागजजन्य वस्तुहरु उत्पादन गरी विदेशीहरुलाई विक्री गर्दै आएका छौं । हाम्रो व्यवसायलाई बाढीको कारण नराम्रो प्रभाव परेको थियो । अहिले यसलाई हामीले पुःन शुरुवात गर्दैछौं ।’
जुन कागज उनले पर्यटकहरुलाई बेच्दै त्यहाँबाट आएको पैसा त्यही काम गर्ने महिला कामदारहरुलाई दिई उनीहरुको आय आम्दानीको स्रोत बनाइरहेका छन् । हात्तिको लिडबाट निर्माण भएको कागजबाट समेत विदेशी पर्यटकहरुमा एउटा फरक खालको सूचना गएको छ । पर्यटनहरु ती खालको अति उपयोगी कागज हेर्नकै लागि पनि धेरैको संख्यामा सौराहा जाने गरेको परियारले बताए ।
पर्यटन क्षेत्रमा परियारको प्रवेश :
आफ्नै देशमा बसी देशमा छरिएर रहेका स्रोत र साधनहरुलाई प्रयोग गर्ने उद्देश्यले नै उनले सन् १९९८ बाट पर्यटन क्षेत्रमा प्रवेश गरेका हुन् ।
होटल पार्क साइड सञ्चालन :
सन् १९९८ बाट उनले होटल पार्क साइड शुरुवात गरेका थिए । त्यसपछि २-३ बर्षपछि उनले ट्राभल्स र ट्रेकिङ्गको क्षेत्रमा हात हाले । सन् २००४ बाट ट्राभल्स र ट्रेकिङ्क क्षेत्रमा हात हाले । त्यसपछि सन् २०१४ मा पोखरामा उनले पोखरा इको रिसोर्ट तीनजना साथिसँग मिलेर खोले । हाल अहिले पनि उक्त रिसोर्ट राम्रोसँग चलिरहेको छ । पोखरामा स्वदेशी तथा विदेशी ग्राहकहरुलाई मन छुन सफल भएको छ, पोखरा इको रिसोर्टले । त्यसपछि परियारले चितवनकै सौंराहमा वार डिस्को संचालमा ल्याए । सायद यो नेपालकै सबैभन्दा ठूलो र सजिएर निर्माण भएको एक प्रविधियुक्त डिस्को हो । चितवनमा सबै स्वदेशी तथा विदेशी पर्यटकहरुको बिचमा यो डिस्को एक अर्कामा पर्यावाची जस्तै बन्न गएको छ । त्यसपछि उनले आफ्नै लगानीमा चितवनमा नै सौराहा होलिडे होम सञ्चालनमा ल्याएका छन् ।
सौराहामा नै १५ कोठा सहितको व्यवस्थित होटल ‘सौराहा होलिडे’ उनले सञ्चालन गरेका छन् । पर्यटनसँग सम्बन्धित विभिन्न गतिविधिले गर्दा नै आज परियार स्वदेश तथा विदेशमा एक सफल युवा पर्यटन उद्यमीको रुपमा उनले आफूलाई अग्र स्थानमा उभ्याउन सकेका छन् । भनिन्छ, जो कोहीको पनि पहिले नै लेखेर आएको हुदैन, जसले इमान्दारीताका साथ कर्म गर्दछ त्यो व्यक्ति नै पछि समाजको एक उदाहरणीय भएर समाजको एक प्रतिष्ठित व्यक्तिको रुपमा उसले समाजमा आफूलाई चिनाउन सक्छ र अन्तत मुलुकलाई समेत केही योगदान दिन सक्छ । यी खालको सेवाले नै स्वदेश तथा विदेशी पर्यटनहरु खुशी रहेकाछन् ।
हालसालै चितवनमा जस्का बालबच्चाहरु गरिब छन्, अनाथ छन्, जसले विद्यालयमा पढाउन सकेका छैनन्, त्यस्ता खालका बालबालिकाहरुलाई मध्यनजर दिदैँ परियारले चितवनमा हालसालै मात्र स्कूल र्निाण गरेकाछन् । नर्सरीदेखी कक्षा ८ सम्म पठनपाठन गर्दै आएकाछन भने १८ जना टिचरहरु रहेकाछन् । उनी भन्छन्,“हामो स्कूलले शिक्षामा दिएको योगदानलाई मध्यनजर गरेर चितवनमा रहेका सरकारी स्कूलहरुले पनि हाम्रो जस्तै शिक्षा दिएर ती खालका गरिबका छोराछोरी र अनाथ बालबालिकाहरुको जीवनस्तरमा केही मात्रामा भएपनि सुधार ल्याउन सकियोस् भन्ने मान्यताले हाम्रो विद्यालय सञ्चालन गरिएको हो ।”
हाल उनी ग्रिन सोसाइटि नामक संस्थाको समेत प्रथम उपाध्यक्ष छन् । उक्त संस्थाका सहयोगी विरेन्द्र महतो र बासु ढुङ्गानालाई उनी कहिल्यै पनि बिर्सन सक्दैनन् । उनले ठूलो क्षेत्रफल भएको जग्गामा चितवनमा आँखा अस्पताल संचालनमा ल्याएकाछन् । हामीकँहा आएका धेरै पर्यटकहरु हिमाल मात्र भएको देश भनेर नेपाललाई चिन्ने गरेकाछन् ती खालका गलत सूचनाहरु बाहिर गएकाछन् । तर हामीले नेपालमा हिमाल मात्रै होइन, धेरै रिसोर्सेजहरु पनि प्रशस्त मात्रमा रहेकाछन भनेरा प्रचार गरियो भने आगामी दिनमा पर्यटन व्यवसायीहरुले धेरै नै काम गर्न सक्ने कुरा परियार बताउँछन् ।
आफ्नो पर्यटन व्यवसायमा संलग्नता बारे यसो भन्छन् परियार :
‘लामो समय देखि म पर्यटन क्षेत्र प्रति आकर्षित थिएँ । मलाई अध्ययनको निम्ति जर्मनी जाने अवसर मिल्यो । त्यहीँ मलाई जर्मनी भाषा सिक्ने अवसर प्राप्त भयो । जर्मनमा रहेको बेला नै त्यहाँबाट नै विदेशी पर्यटकहरु नेपालमा नै भित्र्याउन सकिन्छ भन्ने सोच आयो । त्यसैकारण म पर्यटन क्षेत्रमा प्रवेश गरेको हुँ’ परियार भन्छन् ।
उनले थपे ‘मैले शुरुमा पर्यटन क्षेत्रमा रही विस्तार गरेको व्यवसाय होटल हो । मैले विदेशमा पनि लगानी गर्न सक्थें तर विदेशमा नै रहेर काम गर्ने हो भने त्यहाँ विदेशीकै सहयोग लिनुपथ्र्यो तर नेपालमा मेरो परिवारका व्यक्तिहरुलाई मेरो व्यवसायमा संलग्न गराउन सक्ने अवस्था रहने थिएन । तर म नेपालमा नै आइ लगानी गरेको अहिलेको अवस्थामा नेपालमा नै परिवारका सबै सदस्यहरु एकै ठाऊँमा दुखसुखमा सधैं सँगै छौं ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij