२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

हुम्लामा फसेका भारतीय तीर्थयात्रीहरुको उद्धार कार्य जारी !

हुम्लामा फसेका भारतीय तीर्थयात्रीहरुको उद्धार कार्य जारी !

खराब मौसमका कारण नेपाल–तिब्बत सीमानामा फसेका कैलाश मानसरोवरको यात्रामा निस्किएका एक हजार पाँच सय भन्दा बढी भारतीय तीर्थयात्रीको उद्धार कार्य जारी रहेको छ ।

भारत सरकारले नेपाल सरकारसँग ती तीर्थयात्रीको उद्धार गर्न सहयोग मागेको छ । भारतीय विदेशमन्त्री शुष्मा स्वराजले ट्वीट गर्दै ५२५ र्तीथयात्री सिमिकोटमा, ५५० तीर्थयात्री हिल्सामा र ५०० तीर्थयात्री तिब्बततर्फ फसेको भारतीय विदेशमन्त्री स्वराजले जनाएकि छन् ।

भारतीय विदेश मन्त्रालयले नेपाल सरकारसँग उद्धारका लागि हेलिकप्टर उपलब्ध गराउन आग्रह गरेको थियो । अहिले सिमिकोटमा नेपाली सेना, सिम्रिक एयर तथा विभिन्न निजी विमान सेवा कम्पनीका हेलिकप्टरहरु उद्धारका लागि ल्याण्ड भैसकेको भारतीय दुतावासले जनाएको छ ।

भारत सरकारले उद्धारमा सजिलो होस् भनेर हटलाइन नम्बरको व्यवस्था गरेको छ । तामिल, तेलुगु, कन्नड तथा मलयालम भाषामा पनि हटलाइनको व्यवस्था गरिएको छ ।

हुम्लाका स्वास्थ्यकर्मीले भारतीय तीर्थयात्रीको स्वास्थ्य जाँच गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij