२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

हुन्डाईको पहिलो थ्री–रो ईभी एसयूभी सार्वजनिक

हुन्डाईको पहिलो थ्री–रो ईभी एसयूभी सार्वजनिक

  • शुक्रबार, मंसिर ७ २०८१

 

काठमाण्डौ । हुन्डाई मोटरले बुधबार आफ्नो पहिलो तीन सिट पंक्तिको विद्युतीय एसयूभी (थ्री–रो ईभी) आयोनिक ९ सार्वजनिक गरेको छ। ठूलो परिवारलाई लक्षित गर्दै र यस प्रकारका गाडीहरूको बढ्दो बजारमा आफ्नो बलियो स्थान बनाउन कम्पनीले यो नयाँ गाडी ल्याएको हो।

हुन्डाईको आयोनिक ९ सन् २०२५ को सुरुमा अमेरिका र दक्षिण कोरियामा उपलब्ध हुनेछ। यस गाडीको चार्जिङपछि यात्रा दूरी ४८२ किलोमिटरभन्दा बढी हुनेछ। अन्य बजारहरूमा यो गाडी त्यसपछि क्रमशः उपलब्ध गराइने छ।

थ्री(रो एसयूभीहरू मिनिभ्यान र अन्य पारिवारिक गाडीलाई विस्थापित गर्दै मुख्य रूपमा सहर घुम्ने र लामो यात्राका लागि लोकप्रिय साधन बन्दै गएका छन्।

गाडीको फिचर

छिटो चार्जिङ सुविधास् आयोनिक ९ फास्ट चार्जिङमार्फत २४ मिनेटमै १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

टेस्लाको सुपरचार्जरसँग अनुकूलतास् यस गाडीलाई टेस्लाको सुपरचार्जर नेटवर्कबाट चार्ज गर्न सकिने सुविधा छ।

उत्पादन स्थानस् यो गाडी अमेरिकाको जर्जियामा उत्पादन हुनेछ।

थ्री-रो ईभी बजारको प्रतिस्पर्धा
आयोनिक ९ सँग प्रतिस्पर्धा गर्न अन्य गाडी निर्माताहरूले पनि थ्री(रो ईभी ल्याउँदै छन्। लुसिड, जेनरल मोटर्स, भोल्भो र भिनफास्टजस्ता कम्पनीले हालै आफ्ना तीन पंक्तिका विद्युतीय एसयूभी सार्वजनिक गरेका छन्।

हुन्डाईको सहायक कम्पनी कियाले यसअघि नै किआ ईभी९ नामक थ्री(रो एसयूभी बजारमा उपलब्ध गराइसकेको छ। कियाको ईभी९ को मूल्य ४५५,००० बाट सुरु हुन्छ। आयोनिक ९ को मूल्य अझै सार्वजनिक भएको छैन, तर प्रायः यी दुई ब्रान्डका गाडीहरू समान मूल्यका हुने गरेका छन्।

इलेक्ट्रिक गाडीहरूको दीर्घकालीन रणनीति
हुन्डाईले २०३० सम्ममा २३ प्रकारका विद्युतीय गाडीहरूको श्रृंखला प्रस्तुत गर्ने योजना बनाएको छ। यद्यपि, थ्री(रो ईभीहरूको उच्च लागत र सीमित रेन्जका कारण यसको बिक्री संख्या प्रारम्भमा कम हुन सक्ने विश्लेषकहरूले बताएका छन्।

यस गाडीले विद्युतीय गाडीहरूको बजारमा हुन्डाईलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij