हिलटेक प्लाष्टिक ट्याङ्की २५ वर्ष अगाडि स्थापित भएको हो । हिलटेक अहिले नेपालमा सवभन्दा प्रख्यात ब्राण्ड भइसक्यो । यो सबभन्दा पहिलो उद्योग हो । जिआई ट्याङ्की आउथ्यो, त्यो खिया लागेर वर्वाद हुन्थ्यो । त्यसपछि यो प्लाष्टिक ट्याङ्की पहिलो चोटी आयो । यसको क्वालिटी राम्रो हुनुको साथै यो ट्याङ्की पहाड, हिमाल जुन ठाउँमा पनि लैजान सजिलो भयो । पहिले २५ वर्ष अगाडि यो ट्याङ्की प्रयोग गर्नेको हेर्ने हो भने आज पनि जस्ताको तस्तै रहेको छ । त्यसैले त्यो प्लाष्टिक, ट्याङ्कीको अवधि असिमित भयो । २५ वर्ष अगाडि त्यसको ४÷५ रुपैया लिटरको पथ्र्यो भने अहिले ११ रुपैयाँ लिटर भयो । यसको रि–सेल भ्यालु छ । त्यो ट्याङ्की टुक्रा–टुक्रा भए पनि त्यसको आधार दाम उसले पाइराखेको छ । हिलटेक किनिसकेपछि हामी कहाँबाट किन्नुभयो, बिल खोई भनि खोजिनिधि गर्दैनौैं । हामी खाली त्यसको ब्राड खोज्छौं । त्यो ब्राण्डलाई आधार मानेर त्यो ट्याङ्की फिर्ता लिन्छौं । एउटा उपभोक्ताले २०÷२५ वर्ष अगाडिको विल त राखेको हुँदैन, त्यसैले हामी ब्राण्ड मात्रै हेर्छौं । जहाँ सुबैबाट किने पनि हामीलाई मतलव हुँदैन । ३÷४ सय लिटर छ । जहाँबाट किने पनि हाम्रो उद्योगमा आयो भने त्यो फिर्ता लिन्छौं ।

बजारमा अहिले १८÷२० वटा उद्योग आइसक्यो । १८÷२० वटा उद्योग आए पनि हिलटेकको विक्री प्रत्येक वर्ष १० प्रतिशतले बढिराखेको छ । २५ वर्षको इतिहास अहिले पनि विक्री घटेको छैन । सबैको विश्वासिलो हिलटेक नै भएको छ । एकपटक प्रयोग गर्नेले फेरि–फेरि हिलटेक नै प्रयोग गर्ने उपभोक्ता धेरै छन् । हिलटेक बनाउँदा अलिकति सामग्री कमसल हालेर सस्तो पनि बनाउन सक्छौं, तर हामी सामानमा कम्प्रोमाइज गर्दैनौं । त्यसैले हाम्रो हिलटेक बलियो र राम्रो छ । हुनत सबैले आ–आफ्नो मार्केट लिएका छन् साथै लिनु पनि प¥यो । तर हामीले आफ्नो सामानको क्वालिटी मेनटेन गर्न एकदमै लागि परेका छौं ।
हिमाल, पहाड, तराई गरी नेपाल अधिराज्यभरी छरिएर रहेको छ । हाम्रो ट्याङ्की हेलिकोप्टरबाट पनि ठाउँ ठाउँमा पुगेको छ । कुनै पनि यस्तो ठाउँ छैन, जहाँ हिलटेक ट्याङ्की नपुगेको होस् । अहिले हामीले नयाँ ट्याङ्की पनि ल्याएका छौं । २५ वर्ष अगाडि हामीले ल्याएको पुरानो जुन ट्याङ्की छ, त्यो पनि बलियो छ र अहिले नयाँ टेक्नोलोजीको ब्लोमोलिङ्ग आएको छ । त्यो अझै हल्का छ, र माथि १५ तलाबाट झ¥र्यो भने पनि फुट्दैन । जस्तो सानो एक लिटरको बोतलको पानी माथिबाट फाल्नु भयो भने पनि त्यो फुट्दैन । हो, त्यस्तै प्रविधि हो अहिलेको नयाँ टेक्नोलोजीको हिलटेक ट्याङ्की । अहिलेको नयाँ टेक्नोलोजीले पनि धेरै मार्केट लिएको छ । र यो १५ तला माथिबाट झर्दा पनि फुट्दैन ।
ग्राहक संख्या त म अहिले ठ्याक्कै भन्न सक्दिन । हामी दिनकै ३÷४ सय ट्याङ्की बनाउँछौं र त्यति नै संख्यामा दिनकै विक्री पनि भइराखेको छ । प्रायः अधिकांशको घरमा हिलटेक ट्याङ्की छ । डिलर र सवडिलर गरी जम्मा हजार दोकानहरु छ, नेपाल अधिराज्यभरि । हिलटेक ट्याङ्की विदेशमा निर्यात हुँदैन, नेपालमा मात्रै बेच्ने हो । अहिले स्टिल ट्याङ्की पनि आएको छ, त्यो अझैं महङ्गो छ । खिया नलाग्ने स्टिल ट्याङ्की हो । यो महङ्गो भएकोले यो स्थिल ट्याङ्की हामीसँग छ ।
नेपालमा व्यापार जुन दिनदेखि शुरु गरिन्छ, त्यो दिनदेखि नै चुनौति सुरु हुन्छ । विना चुनौति हामी व्यापारी पनि कही न कही जोक गथ्र्यो । चुनौति त हामीलाई बानी भइसक्यो । माओवादी, विजुली, नयाँनयाँ क्रान्तिकारी आउछ, यिनीहरु सबै चुनौतिहरुलाई हामीले सामाना गरिराखेका छौं । आफ्नो नियत, आफ्नो क्वालिटी ठीक छ भने सानोतिनो चुनौति आउँछ । सरकार, प्रशासन पनि छ, त्यताबाट सहयोग पनि पाइन्छ । आधार उद्योग हाम्रो जेनेरेटरबाट चल्न । ७÷८ रुपैया प्रति युनिटमा विजुली चलाउछौं भने ३५ रुपैया प्रति युनिट जेनेरेटरबाट उद्योग चलाउँछौं । त्यसैले सवभन्दा ठूलो चुनौति त विजुली नै हो । त्यो चुनौतीलाई अहिलेसम्म धानिराखेका छौं । स्थायी सरकार आयो भने यो चुनौति सायद निर्मूल हुन्छ होला ।
हाम्रोमा प्रत्यक्ष तीन सय जना कर्मचारी होलान् तर अप्रत्यक्ष रुपमा त धेरै संख्यामा छन् । गाडीको ड्राइभर, डेलिभरी, प्लम्वर, ढुवानीदेखि लिएर सारा कुरामा अप्रत्यक्ष रुपमा धेरै छन् ।
अनुमान त अवश्य गरेको थिए । जुन दिन हामी लगानी ग¥र्यौ, त्यो दिनदेखि हामीले क्वालिटी मेन्टेन गरेकाले हाइटमा पुग्छौं भन्ने सोचेका थियौं । यो उद्योग चलाउँदै गर्दा मैले साँगामा सवभन्दा ठूलो शिवको मूर्ति बनाए । त्यो मेरो उद्योगभन्दा पनि ठूलो उपलब्धि हो । नेपालमा अहिलेसम्म प्राइभेट सेक्टरले यस्तो पर्यटन क्षेत्र विकास गरेको छ जुन नेपालको गौरवको कुरा हो । अहिले त्यहाँ वर्षमा १० (दश) लाख मान्छेले दर्शन गर्छन । त्यो उद्घाटन भएको पाँच वर्ष भइसक्यो । प्रत्येक शनिवार ८÷१० हजार मान्छेले दर्शन गर्छन । टुरिष्टहरु जति पनि नेपालमा आउछन्, प्रायः त्यहाँ पुग्छन् । यस्तो रमाइलो ठाउँ बनेको छ त्यो । त्यहाँका वासिन्दाहरु पनि आफ्नो व्यापार गरेर जीवन निर्वाह गरिराखेका छन् । त्यहाँको खर्च त्यही बाट निर्वाह होस् भनेर त्यहाँ मूर्तिको साथसाथै रिसोर्ट, रेष्टुरेण्ट, गार्डेन बनाएको छ । त्यहाँ बच्चादेखि वृद्धवृद्धा सबैलाई हुने किसिमले त्यो बनाएको छु । मैले भगवानको आर्शिवादले बनाएको हुँ, मलाई धेरै खुशी लाग्छ, जुन खुशी अरु व्यापार गरेर पनि पाएको थिइन ।
लागतको कुरा नगरौं । किनकी मैले यसको बजेट बनाएर निर्माण गरेको होइन । एकदम ठूलो उद्योगको हिसावले आएको होइन, सानोदेखि ठूलो बनाएको हो । उद्योगबाट अलिअलि बचेको पैसा मैले उता प्रयोग गरेको हुँ । भन्दा मैले विस्तारै विस्तारै बनाएको हो । बनाउन सात वर्त लाग्यो । उद्घाटन भएको ६ वर्ष भयो ।
यसमा सरकारको तर्फबाट मैले कुनै सहयोग पाएको छैन । यो प्राइभेट मूर्ति बन्यो तर यसको सकारात्मक नकारात्मक केही सर्पोट छैन । सकारात्मक तरिकाले प्रचार–प्रसार गर्ने, पशुपतिनाथ जस्तो प्रचार–प्रसार गर्ने गरिएको छैन । सरकारले प्रचार प्रसार गर्नेमा प्रमोट गर्यो भने त्यसबाट मेरो होइन देशकै लागि फाइदा हुने थियो । त्यो मुलुकको सम्पत्ति हो भनेर सोच्नु पर्छ । त्यहाँ ८० जना कर्मचारहिरु काम गर्छन । त्यहाँबाट उठेको पैसा, तिनै कर्मचारीहरुलाई पनि खर्च हुन्छ । कसै कसैले पैसा कमाउन यो बनायो पनि भने तर त्यस्तो होइन । मैले खर्च गरेर बनाएको साँगाको मूर्तिबाट धेरै दर्शनार्थीहरुले दर्शन गर्न पाएका छन् । साथै धेरैले त्यसबाट रोजगारी पनि पाएका छन् ।
साउदी अरवबाट बढी आउँछ । त्यहाँका सामग्रीमा क्वालिटिदार पनि हुन्छ । हामी प्रतिस्पर्धामा जादैनौं, त्यसैले सस्तो, नराम्रो बनाउँदैनौं । हाम्रो धेरै प्रकारका रंगहरुमा पनि आएका छन् । कच्चा पदार्थमा अनेक प्रयोग गर्छन, जस्तो हामीलाई फाइदा त हुन्छतर क्वालिटी कमजोर हुन्छ । त्यसैले हामी कच्चा पदार्थ पनि महङ्गो खालको राम्रै बाहिरबाट झिकाउँछौं ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij