२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

हिरो मोटोकर्पको ‘सुपर स्प्लेन्डर’ नेपाली बजारमा

हिरो मोटोकर्पको ‘सुपर स्प्लेन्डर’ नेपाली बजारमा

काठमाडौं । मोटरसाइकल तथा स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता हिरो मोटोकर्पले सुपर स्प्लेन्डर बजारमा ल्याइएको छ । परिस्कृत सुरक्षा विशेषतासहित सुपर स्प्लेन्डर बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

सुपर स्प्लेन्डरमा एकीकृत ब्रेक प्रणाली (आईबीएस) सहित थप सुरक्षित भएको छ । आईबीएस एक परिस्कृत सुरक्षा विशेषता हो । जसले पछाडिको ब्रेक लगाउँदा अगाडि र पछाडिको ब्रेकका बीचमा ब्रेक लाग्ने कार्यको वितरणलाई सक्षम सुनिश्चित तुल्याउने कम्पनीको दाबी छ ।

हिरो मोटरसाइकलको आधिकारिक शोरुममा १ लाख ९८ हजार रुपैयाँमा सेल्फ ड्रम एलोय ह्विलमा उपलब्ध हुनेछ ।
सुपर स्प्लेन्डर भारतको जयपुरस्थित हिरो मोटोकर्पको अत्याधुनिक अनुसन्धान तथा विकास केन्द्र (आरएन्डडी केन्द्र) इनोभेसन एन्ड टेक्नोलोजी केन्द्रमा डिजाइन र विकसित गरिएको हो ।

यो बजार प्रवेशसँगै हिरो मोटोकर्पले आफ्ना ग्राहकलाई प्रिमियम, उच्च-गुणस्तर र सुरक्षित उत्पादनहरू प्रदान गर्ने जनाइएको छ ।

यो मोटरसाइकल एउटा एयर कुल्ड, फोर-स्ट्रोक एकल सिलिन्डर, १२४.७ सीसी इन्जिनको साथ आउँछ, जसले ७०० आरपीएममा ६.७२ केडब्लू ९९ (बीएचपी) को अधिकतम पावर आउटपुट उत्पादन गर्छ भने ४००० आरपीएममा १०.३५ एनएमको अधिकतम टर्क उत्पादन गर्छ ।

सुपर स्प्लेन्डर ९० किमिप्रति घण्टाको अधिकतम गतिसम्म गुड्छ । यो बाइक पाँच प्रिमियम मेटालिक रङहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सुपर स्प्लेन्डर ९० किमी प्रतिघन्टाको अधिकतम गतिसम्म पुग्छ। यो पनि उपयोगिता र सुविधाहरूको शृंखलासँग प्याक गरिएको छ। जस्तै– साइड स्ट्यान्ड इन्डिकेटर, १८ इन्च चौडा एलोय ह्विल्स, आरामदायक सिट प्रोफाइल, ठूलो क्षमताको इन्धन ट्यांकी (१३ लिटर) र अगाडि ट्यांकीमुनि अतिरिक्त भण्डारणका लागि युटिलिटी बक्समा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij