२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

हिमालयनले बिजय डिष्टिलरीसँग ट्रेडमार्क लाइसेनिङ्ग एग्रिमेन्ट गर्ने

हिमालयनले बिजय डिष्टिलरीसँग ट्रेडमार्क लाइसेनिङ्ग एग्रिमेन्ट गर्ने

  • आइतबार, पुष ७ २०८१

काठमाडाैं । हिमालयन डिष्टिलरी लिमिटेडले बिजय डिष्टिलरी प्रालिसँग सम्झौता गर्ने भएको छ । प्यासन कूलर नामक ब्राण्ड लगायतका आरटीडी ब्राण्डहरू उत्पादनका लागी बिजय डिष्टिलरीसँग ट्रेडमार्क लाइसेनिङ्ग एग्रिमेन्ट गर्ने भएको हो ।

उक्त प्रस्ताव र लाभांश पारित गर्न कम्पनीले पुस २८ गते रजिष्टर्ड कार्यालय विरगञ्ज महानगरपालित-२१, पर्सामा २४औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ ।

कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी २ अर्ब ६७ करोड २५ लाख २३ हजार रुपैयाँको १५ प्रतिशतका दरले ४० करोड ८ लाख ७८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशतका दरले १३ करोड ३६ लाख २६ हजार रुपैयाँ नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

यस्तै, कम्पनीको अधिकृत पुँजी ३ अर्ब ५० करोड रुपैयाँ, चुक्ता पुँजी ३ अर्ब ७ करोड ३४ लाख १ हजार रुपैयाँ पुर्याइनेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन र गत वर्ष कम्पनी ऐनले व्यवस्था गरेभन्दा वढीको खर्चलाई पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij