२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

हाथवे इन्भेष्टमेण्टले आईपिओ जारी गर्ने

हाथवे इन्भेष्टमेण्टले आईपिओ जारी गर्ने

हाथवे इन्भेष्टमेन्ट कम्पनीले सर्वसाधारणहरुका लागि १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको साधारण सेयर(आईपिओ) जारी गर्ने बिषेश प्रस्ताव सहित १३ औँ बार्षिक साधारणसभा डाकेको छ ।

कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितीको बैंठकले कम्पनीको जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख ५० हजार कित्ता आईपिओ जारी गर्ने प्रस्ताव सहित साधारण सभा बालाईएको हो ।

साथै कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनश सेयर र ३० प्रतिशत नगद लाभांश गरी कुल ५५ प्रतिशत लाभांश वितरणको प्रस्ताव समेत गरेको छ । ्

सभा भदौ २५ गते विहिबार दिउसो २ बजे कम्पनीको रजिष्टर्ड कार्यलय लैनचौरमा भर्चुअल माध्यामबाट सुरु हुने कम्पनीले जनाएको छ । कम्पनीले लाभांंका साथै आईपिओ निष्काशनको प्रस्ताव समेत पारित गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij