२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

हाइजेनिक पारखीका लागि माछापोखरीमै खुल्यो ‘दि मान्द्रो रेष्ट्रो एण्ड तन्दुरी’

हाइजेनिक पारखीका लागि माछापोखरीमै खुल्यो ‘दि मान्द्रो रेष्ट्रो एण्ड तन्दुरी’

धादिङका ३ जना युवाहरु अमृत लम्साल, सुनिल लम्साल र नवीन श्रेष्ठको संयुक्त लगानीमा काठमाडौंको माछापोखरीमा दि मान्द्रो रेष्ट्रो एण्ड तन्दुरी हाउस सञ्चालन गरिएको छ । धादिङको नीलकण्ठ नगरपालिका (साविक ज्याम्बु्रङ गाविस)का स्थानीय वासिन्दा समेत रहेका उनीहरु पहिले लामो समय ओशो तपोवन स्थित एक रिसोर्टमा काम गरेर अनुभव बटुलेका उनीहरुले आफ्नै लगानीमा सुविधा सम्पन्न रेष्टुरेन्ट माछापोखरीमा सञ्चालनमा ल्याएका हुन् ।
करिब ४० लाख लगानीमा सञ्चालनमा आएको यस रेष्टुरेन्ट बालाजु तथा बसपार्क क्षेत्रको निम्ति निकै फरक र ठूलो लगानीको साथ शुरु गरिएको व्यवस्थित रेष्टुरेन्टको रुपमा लिन सकिन्छ ।

लगानी :
मध्यम तथा उच्च वर्गका व्यक्तिहरुलाई लक्षित गरी सञ्चालन गरिएको यस दि मान्द्रो रेष्ट्रो एण्ड तन्दुरी हाउसमा हाल ९ जना व्यक्तिहरु कार्यरत छन् । ५०÷६० जना सम्मका व्यक्तिहरुलाई लक्षित गरी सेमिनार समेत गर्न सकिने गरी व्यवस्थित गरिएको मिनि हल समेत उपलब्ध रहेको यस दि मान्द्रो रेष्ट्रो एण्ड तन्दुरी हाउसले हाइजेनिक खानालाई विशेष जोड दिँदै आएको छ । हाल दि मान्द्रो रेष्ट्रो एण्ड तन्दुरी हाउसले होम डेलिभरी सेवा समेत शुरुवात गरिसकेको छ ।

दि मान्द्रोका विशेषताहरु :
धूलो रहित, कम चिल्लो पदार्थ प्रयोग, फ्रेस र हाइजेनिक खानाको व्यवस्था, पारिवारिक वातावरण, सद्व्यवहार लगायतका विशेषता सहित सञ्चालनमा आएको यस दि मान्द्रो रेष्ट्रो एण्ड तन्दुरी हाउसले आगामी दिनमा म्युजिक तथा कन्सर्ट समेत आयोजना गर्ने योजना बनाएको छ ।

मध्यमवर्गीयलाई केन्द्रित :

हाल दि मान्द्रो रेष्ट्रो एण्ड तन्दुरी हाउसले हाइजेनिक खानालाई नै विशेष जोड दिँदै आएको छ । शुद्ध र स्वास्थ्यवद्धक खानामा मध्यमवर्गीय नेपालीको पहुँच स्थापना गर्ने मान्यताले यो रेष्टुरेन्टले स्थानीय खेतबारीमा उत्पादित किसानहरुको सहकार्यमा अर्गानिक तरकारी समेत उपलब्ध गराउँदै आएको छ ।


हातमा सीप हुने हो भने नेपालमा नै काम गर्न सकिँदो रहेछ । सानै लगानी पनि संगठित गर्ने र सामुहिक पहलमा व्यवसाय गर्न सकिने मान्यता बमोजिम सामुहिक लगानीमा शुरु गरिएको यस व्यवसायमा अहिले उनीहरु सन्तुष्ट छन् । नेपालीहरु आफूसँग सीप, दक्षता र काम प्रति रुचि हुने हो भने नेपालमा नै काम गर्न सकिन्छ भन्ने राम्रो उदाहरण समेत उनीहरु बनेका छन् । सबै सञ्चालकहरु होटल तथा रिसोर्ट क्षेत्रबाट अनुभव समेटेर आएका हुनाले उनीहरु सबैजना आइपर्ने हरेक काममा आफैं नै संलग्न हुँदै आएका छन् ।

दीर्घकालिन व्यवसाय :
तत्काल नै लगानी उठाउने उद्धेश्यले नभई लामो दीर्घकालिन बजारलाई हेरेर स्तरीय सेवा सहित आफूहरुले उक्त दि मान्द्रो रेष्ट्रो एण्ड तन्दुरी हाउस सञ्चालन गरेको उनीहरु बताउँछन् । यसैकारण तत्काल मध्यम शुल्कमा स्तरीय सेवा प्रदानगरिरहेको र एकपटक प्रवेश गरेको ग्राहक आफूकहाँ अनुकुलता बमोजिम पुःन प्रवेश गर्ने वातावरण आफूहरुले मिलाएको र यसमा आफूहरु सन्तुष्ट रहेको समेत उनीहरु बताउँछन् ।

प्रतिष्पर्धी बजारले पार्दैन प्रभाव :
अहिलेको बजार प्रतिष्पर्धी नै भएपनि आफूहरु विशेष योजना र सेवालाई नै सर्त बनाउँदै अघी बढेको कारण प्रतिष्पर्धी बजारले फरक नपार्ने उनीहरुले बताएका छन् ।

थप जानकारीकाे लागि याे लिंक क्लिक गर्न सक्नुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij