२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

स्वर्गिय लक्ष्मीदास मानन्धरको जीवनी पुस्तक परिवर्तनका संवाहक लक्ष्मीदास लोकार्पण

स्वर्गिय लक्ष्मीदास मानन्धरको जीवनी पुस्तक परिवर्तनका संवाहक लक्ष्मीदास लोकार्पण

काठमाण्डौं । भाषासेवी, धर्मसेवी, सफल उद्यमी, राजनीतिज्ञ एवम् समाजसेवी स्वर्गिय लक्ष्मीदास मानन्धरको जीवनी पुस्तक परिवर्तनका संवाहक लक्ष्मीदास लोकार्पण गरिएको छ ।

शनिवार काठमाडौँको र्याडिसनर्याडिसन होटलमा आयोजना गरिएको कार्यक्रममा परिवर्तनका संवाहक लक्ष्मीदास लोकार्पण गरिएको हो।

कार्यक्रममा कार्यक्रममा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, जनकवि दुर्गालाल श्रेष्ठ, लेखक लक्ष्मण अधिकारी,लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति त्रि रत्न मानन्धर,भाषासेवी मल्ल के सुन्दर,धर्मोदय सभाका अध्यक्ष एवम् उद्योगपति पद्म ज्योती, पूर्व मन्त्रीहरु जीवनराम श्रेष्ठ, तिर्थराम डङोल, साल्ट ट्रेडिङका संचालक प्रदिपलाल श्रेष्ठ, चेम्बर उपाध्यक्ष एवम् साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन लगायतको उपस्थिति रहेको थियो ।

पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले स्वर्गिय लक्ष्मीदास मानन्धर पुस्तकमा राजनीतिक पाटो छुटेको महशुस भएको उल्लेख गर्नुहुँदै मानन्धर खुला पुस्तक रहेको बताए।

‘लक्ष्मीदास बहुप्रतिभाशाली र प्रेरणादायी व्यक्तित्व रहेको बताउनुहुँदै नयाँ पुस्ताले लक्ष्मीदास र उहाँको पुस्ताबाट अनेकौ शिक्षा लिन सक्नेभन्दै उद्यमी, समाजसेवी, भाषासेवी, धर्मसेवी लगायत सबैले उहाँबाट धेरै कुरा सिक्न सक्ने ।,’ उनले भने।

कार्यक्रममा बोल्दै स्वर्गिय मानन्धरका कनिष्ठ सुपुत्र नारायणदास मानन्धरले उद्योग व्यापार क्षेत्रका अग्रणी पुस्ताका व्यक्तित्व लक्ष्मीदास मानन्धरको जीवनले समाजसेवी र कर्म योगी बन्न प्रेरित गर्ने उल्लेख गर्दै वार्षिक पुण्य तिथिको अवसरमा उहाँको जीवनी पुस्तक लोकार्पण गरिएको बताए।

जनकवि दुर्गालाल श्रेष्ठले कविता रचनामार्फत लक्ष्मीदास मानन्धरले भाषा, धर्म, व्यापार, समाजसेवाको क्षेत्रमा अतुलनिय योगदान पुर्‍याउनु भएको उल्लेख गदै लक्ष्मीदास अनुकरणिय व्यक्तित्व हुनुभएको बताए।

त्यस्तै,पुस्तकका लेखक लक्ष्मण अधिकारीले लगनशिलता र कर्मशिलताले लक्ष्मीदास सफल उद्योगपति व्यवसायी एवम समाजसेवी बन्नुभएको र परिवर्तनमा उहाँको योगदान रहेको उल्लेख गरे ।

लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति त्रिरत्न मानन्धर, भाषासेवी मल्ल के सुन्दर लगायतले मन्तव्य धारणा राख्ने क्रममा स्वर्गिय लक्ष्मीदास मानन्धरको योगदानको स्मरण गर्नुहुँदै उहाँको जीवन बहुआयामिक रहेको बताए।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij