२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

स्याङजा गल्याङ नगरपालिका ४ का पदम पाण्डेको मृत्यु शंकास्पद

स्याङजा गल्याङ नगरपालिका ४ का पदम पाण्डेको मृत्यु शंकास्पद

स्याङ्जा गल्याङ नगरपालिका ४ का बर्ष ३२ का पदम पाण्डेको मृत्युमा शंकास्पद छ ।
पाण्डे भीरबाट तल खसेको अवस्थामा मृर्त अवस्थामा फेला परेका छन् ।
बुधबार साथिहरुसगैँ पिकनिक खान गएका पाण्डे फर्किने क्रममा गल्याङ नगरपालिका ५ हुतुम भन्ने ठाँउमा मृर्त अवस्थामा फेला परेका हुन् ।
१६ जना युवासगैं सामुहिक रुपमा अर्को गाँउमा खसी काटेर मासु लिएर १४ मोटलसाइकलमा फर्केका थिए भने मृतक सहित नामदेव न्यौपाने र चन्द्र न्यौपाने समेत सँगै फर्किएका थिए ।
मृतक सहित तिन जना पैदल यात्रामा घर फर्किदै थिएँ । पैसा नदिएको निहुँमा दिउँसो झगडा पर्नु, मृतकको मोबाइलबाटै घटना घटेको २ घण्टापछि मृतककी श्रीमतीलाई फोन गरी तिम्रो श्रीमानले हामीलाई नै कुटपिट कता हराए कता भन्नु र यदि सँगै आएको साथी लडेकै भए साथीको उद्धार तथा हारगुहार नगरी सरासर घर जानुले पक्कै पनि घटना शंकास्पद रहेको छ ।
स्थानीयहरुले मृतकको श्रद्धान्जली सहितको यो स्पष्टोक्तिलाई समेत आधार मान्दा बाख्रो काट्न गएकाहरुले साथीलाई नै उडाएर आए शंका गर्ने ठाउँ छ ।
सँगै गएकाहरु मध्ये २-३ जनासँग झगडा पर्नु अनि मासु अरुसँग पठाउनु यो घटना शंकाको बिषय बन्यो । मृतकको मोबाइल अरुको साथमा कसरी रह्यो ? पक्का भिरबाट फालेको हुनुपर्छ । ठाउँ हेरेरै उडाए ।
बाख्रो काट्न गएका साथी सँग झगडा पर्नु सबै साथीहरू अगाडि आउनु तीन जना झगडा गर्दै पछाडि बस्नु मासु अरुसँग पठाउनु मर्नेको मोबाइल अरु सँगै हुनु कुरो गम्भीर छ ।
मृतकको लास पोस्टमार्टमका लागि वडा प्रहरी कार्यालय वालिङ लागिएको र घटनाबारे थप अनुसन्धान भैइरहेको वडा प्रहरी कार्यलय वालिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij