२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सेञ्चुरीका पूर्व सिइओ तुलसीराम गौतम सहित पाँच जना वहालवाला कर्मचारी पक्राउ

सेञ्चुरीका पूर्व सिइओ तुलसीराम गौतम सहित पाँच जना वहालवाला कर्मचारी पक्राउ

काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम पनि पक्राउ परेका छन्। ऋण हिनामिना आरोपमा उनी पक्राउ परेका हुन्।

मनोज न्यौपाने प्रमुख कार्यकारी अधिकृत हुनुअघि गौतम सेञ्चुरीका प्रमुख कार्यकारी अधिकृत थिए। सेञ्जुरी कमर्सियल बैंक प्रभुमा गाभिएपछि मनोज वरिष्ठ डेपुटी सीइओ छन्।

मनोजसँगै अन्य चार जना बहालवाला कर्मचारी पनि पक्राउ परेका छन् । उनीहरु पनि सेञ्चुरीबाटै आएका हुन्। दीलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारी पक्राउ परेका हुन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले गौतम, न्यौपानेसहित ११ जनालाई पक्राउ गरेको हो। सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण हिनामिना गरेको भेटिएको भन्दै उनीलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बिजमाण्डूलाई जानकारी दिएको छ। न्यौपाने २०७८ असारमा सेञ्जुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए।

न्यौपाने पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका भाना हुन्। न्यौपानेले सेजुरीमा हुँदा दिएको ऋणकै विषयलाई लिएर प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij