
आमजनता पार्टीले सुशासन प्रवद्र्धनका निम्ति ‘भ्रष्टाचारविरुद्ध खबरदारी’ भन्ने नारासहित काठमाडौँमा मोटरसाइकल याली आयोजना गरेको छ ।
पार्टीको उपत्यका संयोजन समितिद्वारा आयोजित उक्त ¥याली कुपण्डोल–थापाथली हँुदै रत्नपार्क परिक्रम गरी भद्रकालीमा कोणसभामा परिणत भएको थियो । प्रदर्शनीमा झण्डै सात हजार जनाले सहभागिता जनाएको पार्टीका प्रवक्ता चन्दभूषण साहले जानकारी दिनुभयो ।
उहाँले देशमा रोजगारीको वृद्धि तथा सुशासन कायम राख्न सरकारको ध्यानाकर्षण गराउन ¥याली आयोजना गरिएको बताउनुभयो । यालीमा चार हजार मोटरसाइकल र सात हजार जनाको सहभागिता थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij