
महालक्ष्मी नगरपालिका ९ स्थित लामाटारको ढुंगिनमा अवस्थित सिस्नेरी माध्यामिक विद्यालयको ७२ औं बार्षिकोत्सव तथा नवनिर्मित भबन उद्धघाटन समारोहका अवसरमा नगरप्रमुख हरिगोबिन्द श्रेष्ठले नवनिर्मित भवनको उद्धघाटन गर्नुभएकाे छ ।
आज फागुन १ गते सोमबार सम्पन्न समारोहमा अन्य विशिष्ठ अतिथीहरुले नव निर्मित सरकारी स्कुल सिस्नेरी मा.वि.को भवनलगायत भौतिक पूर्वाधारको अधिकतम सदुपयोग गरी अध्यापन गराउने शिक्षक र विद्यार्थीमा उच्चस्तरको शैक्षिक गुणस्तर कायम गराउन विधालय व्यबस्थापन समिति आगामी दिनमा पनि सफल रहनेमा विश्वास व्यक्त गर्नुभयो ।
नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रोशन ज्ञवाली, केन्द्रिय आयोजना कार्यान्वयन इकाईका डिल्लीराम लुईटेल, जिल्ला आयोजना कार्यान्वय इकाइका पूर्व प्रमुख गुणराज पोखरेल, शिक्षा समितिका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन तण्डुकार, प्राध्यापक डा.चेतनाथ पन्तलगायतले सामूदायिक स्कुलको उन्नती र प्रगतीमा सबै क्षेत्रको सहयोग र सद्भाव रहनेमा जोड दिदैं आ-आफ्नो भनाई राख्नुभयो ।
कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्नुको साथसाथै विद्यालयमा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीलगायत अक्षय कोष स्थापनाका लागि सहयोग गर्ने स्थानिय समाजसेवीहरुलाई सम्मानसमेत गरिएको थियो ।
कार्यक्रममा उपप्रमुख लक्ष्मी महर्जन, प्रमुख शिक्षा अधिकृत चिरञ्जिवी पौडेल, सहकारीकर्मी, समाजसेवी, शिक्षक संघका पदाधिकारी, विद्यार्थी तथा अविभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij