२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

सिद्धार्थ डेभलपमेन्ट बैंकका तत्कालीन संचालक सिलवाल पक्राउ

सिद्धार्थ डेभलपमेन्ट बैंकका तत्कालीन संचालक सिलवाल पक्राउ

काठमाडौं । सिद्धार्थ डेलभपमेन्ट बैंकका तत्कालीन संचालक मधुसुदन सिलवाल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको टोलीले उनलाई बानेश्वरबाट पक्राउ गरेको व्युरोका डिआईजी सहकुल थापाले जानकारी दिए ।

बैंकिङ कसुर मुद्धामा उच्च अदालत पाटनले उनलाई दोषी ठहर गर्दै ५ वर्ष कैद र १ करोड जरिवाना गर्ने फैसला गरेको थियो ।

०७३ मा अदालतले सिलवालको ३० लाख धरौटी जफत हुने फैसला गरेको थियो । मुद्दा फैसलापछि सिलवाल फरार थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij