काठमाडौं । सिटी एक्सप्रेस उत्सव एक्सप्रेस उपहार योजनामा जमन तामाङले बम्पर उपहारको रुपमा रेनौल्टको क्विड आर एक्सएल कार पाएका छन् ।
जमनकी श्रीमती ईलाम निवासी बिमला देवी तामाङलाई सो कार हस्तान्तरण गरिएको छ । साउदी अरबको टेलीमनीबाट जमन तामाङले सिटी एक्सप्रेस मनी ट्रान्सफर मार्फत उनकी श्रीमती ईलाम निवासी बिमला देवी तामाङलाई पैसा पठाए वापत विजेता छानिएका हुन् । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालीले मंसिर २८ गते ब्राण्ड एम्बासडर सिताराम कट्टेल (धुर्मुस) र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले फेसबुक लाइभ सहित भएको कार्यक्रममा लक्कि ड्र मार्फत बम्पर उपहारको घोषणा गरेका थिए ।
२०७४ सालको विजयादशमी एवं शुभ–दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै कम्पनीले ९० दिन सम्म चल्ने “सिटी एक्सप्रेस उत्सव एक्सप्रेस ” उपहार योजना सार्वजनिक गरेको थियो । २०७४ साल भाद्र १८ गते देखि मंसिर १५ सम्म चलेको यो योजनामा ९० जना सेवाग्राहीले एक तोला चाँदीका सिक्का , क्याप , टी सर्ट र किरिङ , साप्ताहिक रुपमा १२ जनाले ओप्पो मोवाईल र मासिक रुपमा ३ जना एलजी रेफ्रिजिरेटर प्राप्त गरेका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij