२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

साहित्य सर्जक लियो भिमशेन दाहालको सिङग्रारिक मुक्तक”अप्सरा झै”।

साहित्य सर्जक लियो भिमशेन दाहालको सिङग्रारिक मुक्तक”अप्सरा झै”।

           मुक्तक


१/नयाँ मान्छे फेसबुकमा कुरा गर्न थालेको छ।

मनलाई मिल्ने बातहरु गर्न थालेको छ।

राम्रीमा पनि बहुतै राम्री अप्सरा झै लाग्ने
उनलाई पाउने अाशहरु बुन्न थालेको छ।।

२/उकाली र अोराली गर्न पाए हुन्थ्यो ।
खोली तार्ने मनको माझी बन्न पाए हुन्थ्यो।।
एउटा बिन्ती गर्छु , प्यारी स्वकार गरन्।।।
तिम्रो बाबू मेरो ससुरा भन्न पाएँ हुन्थ्यो ।।।।

३/ खाली बिछ्यान भरियो तिमी अाएपछि ।
दुई थिएम् एकै भएम् तिमी अाएपछि।।
सँगै जिउने यादहरु पोख्खाएरै गयौँ सानू ।।।
खाटको खुट्टा चाँडै भत्क्यो , तिमी अाएपछि।।।

४/ सारा सँसार अँध्यारो भो बत्ती निभ्यो पछि।
भौतारिदा के- के हुन्छ, बत्ती निभ्यो पछि।।
एकै छिन त ! पर्ख सानू हतार नगर न !
अोठले अोठलाई चुम्न थाल्छ, बत्ती निभ्यो पछि।।।।

५/ तिम्रो माया मेरो माया जोखुम जोखुम लाग्यो ।
तौलिएर तराजुमा जोखुम जोखुम लाग्यो ।।
किन टाढा बस्छौँ, प्यारी नजिक सरन।।।
स्याउ झै राता गाला तिम्रा टोकुम टोकुम लाग्यो।।।।

लेखक: लियो भिमसेन दाहाल ( ईन्द्र)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij