
काठमाडौं । सात पुस्ताका सात कविद्वारा संयुक्त रूपमा लेखिएको “साेपान” कविता सङ्ग्रह लाेकार्पण कार्यक्रम सम्पन्न भएको छ। उक्त पुस्तक स्रष्टालय बुक्स एण्ड पब्लिकेसन्सले बजारमा ल्याएको हो ।
पुस्तकका सम्पादक माधव विडारी हुनुहुन्छ ।
कवि, सर्जक तथा साहित्यकारहरूकाे व्यापक उपस्थितिमा बागबजारकाे क्यापिटल फुड क्याफेमा उक्त कृति लाेकार्पण सम्पन्न भएको हो ।
कृष्ण बहादुर साउद सभापति रहेको उक्त कार्यक्रमलाई दुर्गा किरण तिवारीले स्वागत गर्नुभएको थियो भने कार्यक्रम आयोजना मनमति साहित्य समाजले गरेको थियो ।
सात कविहरूमा रामचन्द्र दाहाल , गणेश लाेहनी, कपिल अधिकारी, गाेपीकृष्ण थापा, दुर्गा किरण तिवारी, माधव विडारी, माैनता थापा रहनुभएकाे छ।

कविता सङ्ग्रहमा पुरानो पुस्ताका अनुभव र नयाँ पुस्ताको ऊर्जा समेट्ने प्रयाश गरिएको बताईएकाे छ ।
उक्त कार्यक्रममा साहित्यकारहरू दिनेश अधिकारी, तिलक लुईटेल, प्रकाश घायल, प्रज्जवल अधिकारी लगायतको उपस्थिति रहेको थियोे ।
साेही अवसरमा श्रष्टा, साहित्यकार एवं भाषाविद् चिरञ्जीवी दाहाललाई सम्मान समेत गरिएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij