साझा यातायातले लगनखेलबाट नयाँ बसपार्क जाने १० बसमा ट्राभल स्मार्ट कार्ड जडानको काम सकिएकाे बताएकाे छ । नयाँ प्रविधिमा सेवा दिने उद्दयेश्यले नयाँ स्मार्ट ट्राभल कार्ड ल्याउन लागिएकाे साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए । पहिलाे चरणमा परिक्षणकाे रूपमा कार्ड जडान गर्न लागिएकेा हाे । यस कार्डबाट यात्रुबाट सङ्कलन गरिने रकम कार्डकाे सहायताले बसले नै सङ्कलन गर्नेछ ।
‘अबको केही दिनभित्रै सर्वसाधारणले यो रुटमा चढ्दा स्मार्ट कार्डबाटै भाडा तिर्न सक्नेछन्’ पाण्डेले भने । बसका ढोकामा स्मार्ट कार्डको डिभाइस राखिएको छ । अब सो रुटमा नियमित यात्रा गर्ने सर्वसधारणले पनि स्मार्टकार्ड किन्न पाउने छन् । यसको प्रयोग स्वेच्छिक हुनेछ ।
सुरुवातमा एउटा रुटबाट सुरु गरिएपवनि विस्तारै सबै रुटमा चल्ने बसमा यो सेवा सुरुवात गरिनेछ । बस चढ्दा यो कार्ड ढोकामा जोडिएको डिभाइसमा देखाउनुपर्नेछ भने ओर्लिँदा पनि यसलाई देखाउनुपर्नेछ ।
यसले आफैं यात्रा गरेको दूरीअनुसार भाडा काट्नेछ ।
के हो ट्राभल कार्ड ?
स्मार्ट ट्राभल कार्ड गाडी भाडा भुक्तानीमा प्रयोग हुने कार्ड हो । यो कार्ड एक महिनापछि साझा यातायातले आˆनै कार्यलयबाट बिक्री सुरु गर्नेछ ।
यो कार्ड लिएर हिडेका यात्रु चढेको र झरेको दुरीका आधारमा ढोकामा जोडिएको डिभाइसले स्मार्टकार्डबाट रकम काट्नेछ ।
यसको रिचार्जका लागि साझाको कार्यालयमै सम्पर्क गर्न सकिने छ । बसका सहचालकलाई रकम बुझाएर पनि कार्ड रिचार्ज गर्न सकिन्छ । पछि रिचार्जका लागि अझै सरल ब्यवस्था गरिनेछ ।
काटिएको रकम नेपाल बैंकको साझा यातायातको बैंक खातामा जम्मा हुनेछ । केही समयपछि उपभोक्ताले साझाका रिचार्ज कार्ड मोबाइलको जस्तैगरी बजारमा किन्न पाउनेछन् । यसले यात्रुलाई दुरीका आधारमा भाडा तिर्न सहज हुने पाण्डेयले जानकारी दिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij