२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

साउदी महिलाले अब ट्रक र मोटरसाईकल चलाउन पाउने

साउदी महिलाले अब ट्रक र मोटरसाईकल चलाउन पाउने

रियाद(एजेन्सी) । साउदी अरबको ट्राफिक कार्यालयले महिलाहरुलाई पनि ट्रक र मोटरसाईकल चलाउन पाउने व्यवस्था गरेको छ।

देशले औपचारिक रुपमा यस्तो व्यवस्था आउदो वर्षको मध्यतिर गर्ने भएको स्थानीय एक पत्रिकाले लेखेको छ।

साउदी अरबका राजा सल्मान बिन अब्डुलाजिज अल साउदले गत सेक्टेम्बरमा महिलाहरुलाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिएका थिए।

यसअघि साउदीमा महिलाहरुलाई कुनै पनि सवारी साधान चलाउन नपाइने व्यवस्था रहेको थियो।

मुस्लीम देश साउदीमा महिलाहरुले कालो बुर्का लगाउने र अनुहार तथा शरीर छोप्नु पर्ने सांस्कृतिक प्रचलनका कारण सवारी साधन चालक बन्न पनि नदिने गरिएको हो।

महिलाहरुले पनि पुरुषले सरह सवारी चालक बन्न पाउनु पर्ने माग गर्दै साउदी अरबमा अधिकारवादीहरुले लामो समयदेखि दवाव दिँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij