२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

सहकारी संस्थाहरुलाई पुस मसान्तभित्र साधारण सभा गर्न महानगरको अनुरोध

सहकारी संस्थाहरुलाई पुस मसान्तभित्र साधारण सभा गर्न महानगरको अनुरोध

काठमाडौं। काठमाडौं महानगरको सहकारी विभागले आउँदो पुष मसान्तभित्र साधारण सभा सम्पन्न गर्न निर्देशन दिएको छ ।

महानगरको सहकारी विभागले आइतबार एक सूचना जारी गर्दै महानगरपालिका कार्यक्षेत्र भएका सहकारी संस्थाहरुलाई पुस मसान्तभित्र साधारणसभा सम्पन्न गरी त्यसको १५ दिनभित्र महानगरमा प्रतिवेदन पठाउन निर्देशन दिएको हो ।

सहकारीहरूले साधारण सभा (कार्यव्यवस्था निर्देशिका २०७६) बमोजिम गणपृुरक संख्या पुर्याएर मात्र साधारण सभा गर्नुपर्नेछ ।

यसका आधारभूत आधारका बारेमा जानकारी दिँदै सहसंचालक समिति र लेखा समितिका प्रतिवेदनहरूमा पर्याप्त छलफल गराउनु पर्छ । यसैगरी यस्ता समितिहरूको निर्वाचन गर्नुपर्ने भए प्रचलित कानुन, मापदण्ड र विनियमबमोजिम योग्यता पुगेको सदस्याबीच निर्वाचन गराउनुपर्छ ।

सहकारीका सदस्यहरुको भूमिकालाई साधारण सभामार्फत सक्रिय बनाउन र बित्तिय अनुशासनलाई मर्यादित बनाउन साधारण सभाका लागि आग्रह गरिएको महानगरले जनाएको छ ।

सोही नीति अनुरुप महानगरले समय सीमा नै तोकेर पुस मसान्तभित्र साधारणसभा सकिसक्न महानगरपालिका भित्रका सहकारीहरुलाई निर्देशन गरेको हो ।

यसका लागि महानगरले साधारणसभामा पालना गर्नु पर्ने र प्रतिवेदनमा उल्लेख गर्नु पर्ने आधारभूत विषयवस्तुलाई बुँदागत तथा तालिकामा समेत प्रस्स्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij