
गोपिनाथ घिमिरे, उपमहाप्रबन्धक, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लि.
सदस्यहरुले सदस्यहरुद्वारा सदस्यहरुकै लागि सञ्चालित स्वनियमकारी संस्था हो सहकारी । यो यस्तो आन्दोलन हो जसले विविध जाति, धर्म, वर्ण, लिङ्ग, वर्गका सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा केन्द्रित भई काम गर्दछ । यसमा राजनीतिक हस्तक्षेप गौण रहन्छ । सहकारी इतिहासलाई खोतल्ने हो भने अठारौँ शताब्दीमा भएको औद्योगिक क्रान्तिको वर्ग समीकरणका क्रममा उपभोक्ता सहकारीको गठन भएको पाइन्छ । समयक्रम र कार्यक्षेत्र विभाजनका आधारमा यसको परिवर्तित स्वरुप बचत तथा ऋण लगायत विभिन्न सहकारी स्थापित हुन पुगेको हो । नेपालका सन्दर्भमा भने जहानीया राणा शासन व्यवस्थाको अन्त्यपछि वि.सं. २०१० मा सहकारी विभाग गठन भए तापनि आधिकारिक सहकारीको स्थापना भने वि.सं. २०१३मा मात्र सहकारी विभागमा दर्ता भएको प्रमाण पाउन सकिन्छ । यसपछि आजसम्म आइपुग्दा सहकारी जगत्ले ठूलै फड्को मारिसकेको पनि छ । पर्दाको जन्ती मर्दाको मलामी” भनेझैँ सामाजिक, साँस्कृतिक, धार्मिक, आर्थिक तथा गैरआर्थिक क्रियाकलाप सबैमा सहकारी जोडिएको छ फलतः सहकारी हरेक सदस्यको जीवनको अभिन्न पाटो बनेको छ ।
नेपालमा विद्यमान सदियौँदेखि चलिआएको मेलापर्म, अैँचोपैँचो, सरसापटी, गुठी आदि कार्यहरु अघोषित सहकारीका स्वरुप हुन् । यी कार्यहरु सङ्गठित रुपमा गर्दैजाँदा समाजमा प्रतिष्ठापित बन्दै गयो र यसको विकसित रुपमा सहकारी संस्थहरुको जन्म भएको हो । जसका कारण समाजले सहकारीको आवश्यकता महशुश गर्यो र सहकारीहरु खुल्ने क्रम बढ्दै गयो । सहकारीको विकास र विस्तारसँगै यसको दायरा पनि फराकिलो हुँदै गयो । सामाजिक, साँस्कृतिक, भौगोलिक र आर्थिक स्थिति तथा सामाजिक अवस्थितीका आधारमा भिन्नभिन्न आवश्यकता महशुश गरियो र सहकारी सदस्यहरुको आवश्यकता अनुरुप फरक फरक कार्यमा केन्दित हँदै गयो । जसका कारण सकहारीका कार्य प्रकृति निर्धारित बन्न पुगेको हो । यसभित्र मूलतः उत्पादन केन्द्रित र बजार व्यवस्थापन केन्द्रित सहकारीहरु स्थापित हुन पुगेका छन् ।

मानव सभ्यताको विकास सँगसँगै विकसित सहकार्यको उपज सहकारीले वर्तमान युगमा आइपुग्दा ठूलै फड्को मारेको छ । अन्तराष्ट्रिय क्षेत्रमा सहकारी ब्रान्ड नै बन्न पुगेको छ । जुन जुन समाजमा सहकारीको आवश्यक्ता महसुस भयो त्यस्ता समाजमा सहकारीहरु खुले त्यस्ता सहकारीका सदस्यहरु २ प्रकारका उद्देश्यबाट प्रेरित भएको पाइन्छ । एकखाले उत्पादन गर्ने र अर्का त्यसको बजार ब्यवस्थापन गर्ने त्यसरी उद्देश्य सहित खोलिएका सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुकालागि सेवा दिन कुनै नेता हुन जरुरी देखिएन र त्यसमा राज्यको हस्तक्षेपको जरुरी थिएन सदस्यहरुको जिवन सहजता तर्फ गयो । त्यसरि सफल भएका सहकारीको सिको गर्दै समाजका टाठा बाठा भनौदाहरु अब आफुलाई सहकारीका अगुवाको रुपमा स्थापित गर्न समाजका विपन्न गरिब श्रमजिवी किसानहरुलाई एकिकृत गरी सहकारी संस्थाहरु खोल्ने र त्यसको अगुवा बन्ने अनि त्यसको लाभ लिने कार्यहरु विस्तारै अगाडी बढ्यो, त्यस्ता अगुवाहरुले ठुलो ठाउँ ओगटन थाले र त्यस्ता नेताहरु धेरै भए खासगरि अविकसित मुलुकहरुमा त्यस पछि समाजले सहकारीलाई ठगि खाने भाँडोका रुपमा चित्रण गर्न थाले नभन्दै त्यस्ता अगुवाहरु हिजो सम्म आफु सरहनै थिए आज कसरी उसको दैनिकी र मेरो दैनिकीमा फरक पर्न गयो उ सधै विदेश भ्रमण किन ? समाजका अन्य ब्यक्तिहरुले समेत सोच्न थाले र उनिहरुले पत्ता लगाए कि धनिहुने उत्तम विकल्प भनेको सहकारीको नेता हुनु पर्ने रहेछ । अब उसले पनि आफु भै रहेको संस्था छोडि अर्का संस्था खोल्छ । उ आफैले त्यसको नेतृत्व गर्छ ।विस्तारै पहिलो अगुवा जस्तै उ पनि नेता हुन पुग्छ र आफुलाई समाजमा अब्बल दर्जाको सहकारी कर्मि स्थापीत गर्न सफल हुन्छ तर त्यो कुरा समाजले नियालि रहेको हुन्छ तर राज्य त्यहि अब्बल दर्जाका नेताको पछि पछि हुन्छ किनभने शुरुमा खोलिएको आवश्यक्ताको सहकारीले राज्यका ठेकेदारहरुका आवश्यक्ता पुरा गर्न सक्दैन । यसको परिणाम स्वरुप समाजले धान्नै नसक्ने सहकारीहरु र सहकारीका नेताहरुको जन्म हुन्छ समाजमा चेतनाको स्तर विस्तारै बढदै जान्छ त्यसपछि समाजलाई थाहा हुन्छ अबत सहकारीहरु र यसका सदस्यहरुको हालत के हुने ? त्यसबेला सम्म ढिलो भै सकेको हुन्छ सहकारीको संख्या र धेरैको मनोवल र कार्यशैलिमा सुधार ल्याउने क्रममा अब सरकारले सिंगो सहकारी उद्देश्य र कार्य अंगालेर हिडेका सहकारीहरु माथि नै वुट प्रहार हुन थाल्छ । आतंक मच्याउन खोज्नु यसको परिणाम हो ।
तर आज समागजको बिकास संग संगै मानिसमा आएको चेतनाको स्तरमा आएको परिर्बतनले सहकारि र समाजको सम्बन्धका सहकारीका मुल्य मान्यताको पुन नयाँ परिभाषा स्थापित गर्न सफल भएको छ ।
कोभीड १९ ले देश आक्रान्त थियो किसानले उत्पादन गरेका बस्तुहरु खेतमा कुहिरहेको थियो भने उपभोक्ताहरु भारतीय उत्पादन त्योपनी बासि र कुहिएको बस्तुलाइ बढि मुल्य तिर्न बाध्य थिए सरकारको निर्णय भनौ वा व्यापारी बिचौलिया (राज्यका निकायहरुको सहयोगमा)नेपाली किसानहरुले उत्पादन गरेका कृषि उपजहरु डोजरले खाल्डो खनि जमिनमा गाडिन्थ्यो त्यसबेला सम्म सरकारले सहकारिलाई अत्यावश्यक सेवा क्षेत्रमा सहकारीलाइ राख्न जरुरी देखेन जतिखेर बिलासिता र लागु पदार्थका क्षेत्रहरु बाहेक सबै क्षेत्रहरु घुमाउरो पाराले अत्यावस्यक सेवामा परिसकेका थिए त्यसको बाबजुद सहकारीको मर्म र भावनाका साथै सदस्यको दैनिकी कसरी सहज बनाउने,सदस्यको आजको आवस्यकता के हो त्यसै अनुसार कार्य गर्दै आएका र स्वनियमको विस्वासमा विस्वास गर्ने सहकारीकर्मीहरु अविचलित हुँदै आफ्नो कर्म गर्दै गए तर राज्यले भने पसल खोल्न दियो सहकारि खोल्ने वातावरण बनाइ दिएन । यसको प्रभाव कुन वर्गमा पर्छ होला सहजै अनुमान गर्न सकिन्छ सकिँदैन र ?
ठीक त्यसै बखत राज्यबाट फेरि उर्दि जारी भयो कि सहकारिहरु पूर्बबत् रुपमा खोली संचालन गर्नु त्यसो भन्नुको कारण थियो राज्यका अत्याबस्यक सेवा प्रदायका सुचिमा रहेका क्षेत्रहरु गुम नाम थिए तै पनि सहकारिहरु लाइ आवत जावतमा भने राज्यको सहयोग थिएन तै पनि सहकारीले निरन्तर सेवा दिइनै रहेको थियो अव राज्यका बिस्वासिला पात्रहरु संगको सहकार्यले मात्र आजको आवस्यकता पुराहुने नदेखिए पछि सायद बिचौलिया ब्यापारिहरुसंग माफि माग्दै सरकारले सहकारिहरु लाइ पनि अत्याबस्यक सेवा प्रदायका सुचिमा राखिसकेपछि किसानले उत्पादन गरेका कुनै पनि बस्तु सडकमा फाल्नु परेन त्यस्ता उत्पादनहरु नेपालि उपभोक्ताहरुले सुफत मुल्यमा उपभोग गर्न पाएको कुरा राज्यलाइ थाहा छ ?
सन्दर्भ व्याजदर र सहकारी एकिकरण
सहकारी एकिकरणः-
सहकारी एकिकरणमा हाम्राे अनुभव (हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लि.)
संग छ ,मेरो अनुभवमा पुँजि परिचालन, उत्पादन वृद्धि , रोजगार सृजनामा सहकारी एकीकरण अनिवार्य शर्त हो र हुनु पर्दछ , यो प्रयोगमा पनि आई सक्यो र सफल पनि छ । तर जुन उद्देश्यका लागि सहकारी एकीकरण गरिन्छ । उक्त उद्देश्य पूर्तिका लागि भने सहकारी एकीकरण पूर्व र एकिकरण पश्च्यात राज्यको भूमिका र सहयोग अपरिहार्य हुन्छ ।
फेरि पूरानो कुराको याद आयो हाल अर्थमन्त्री समेत रहनु भएका डा. युवराज खतिवडाले सहकारी सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु हुन्थ्यो, सहकारी एकिकरणमा राज्यको भूमिका र एकिकरण पश्च्यात हुने आर्थिक प्राविधिक करछुट तथा राज्यद्धारा संञ्चालित सामाजिक तथा सामुदायीक कार्यक्रममा राज्यले सहयोग गर्नु पर्दछ र अन्य मुलुकमा गर्दछन् तर आज उहाँले उक्त आदर्श बिर्सनु भो किनकि आज त्यो भन्दा ठुलो फोरम उहाँलाई मिलेको छ । राज्यको मात्र दोश छैन सहकारीबाट खारिएर आएका हाम्रा नेताहरु जसले एकिकरणको रट लगाउने गर्दछन तर हातमा लाग्यो शुन्य कारण फेरिपनि नेता अब अध्यक्षको संख्या घट्ने भो आगामी चुनावमा (सहकारी क्षेत्रमा नव प्रवेशीको रुपमा रहेको पार्टीको टिकट ) मेरो पक्षमा प्रतिनिधि चाहियो त्यसैले एकिकृत सहकारीको अध्यक्ष वा प्रतिनिधी पक्षको हुनु प–यो ।
अर्को पक्ष भनेको सहकारी एकिकरणका फाइदा यसको महत्व र आवश्यक्ताका बारेमा गोष्ठी ,भेला,छलफल विदेश भ्रमण आदी भएका हुन तर साच्चै सहकारीका बिचमा हैन सहकारीका नेताहरुका बिचमा, त्यसैले यसलाई सदस्यहरुका बिच छलफल चलाइ यसलाइ अगाडी बढाउनु पर्दछ ।
सन्दर्भ ब्याजदरः–
यसकालागि एउटा अध्ययन टोली छ , जसले एउटा आधार बनाएको छ । त्यसैका आधारमा सहकारीमा व्याजदर तोकिन्छ ।त्यति मात्र हैन बैकहरुले ब्याजदरमा गरेको परिवर्तनलाई पनि आधार बनाइन्छ । त्यतिमात्र होइन सहकारीमा तरलता बढेको आधारमा पनि परिवर्तन हुन्छ आदी आदी मैले अगाडि भनिसके सहकारीमा नेतृत्व कसरी बनाइन्छ भनेर त्यसैको परिणाम आज सहकारीले ब्योहेार्दैछ ।
हाम्रो देशमा सहकारीका अगुवा भनौ वा अभियान्ता ९५% शहर उन्मुख आफु खासै व्यवसायमा सम्मीलित नभएका र सदस्य सगको सामिष्यता नभएका छन ।सरकारलाइ सहकारी कहाँ कहाँ छ कस्तो अवस्थामा छ र यसले के गर्दै छ थाहा नै छैन अन्यथा सहकारी र बैक बिचको अन्तर प्रस्ट सग छुटयाउन सक्नु पर्ने हो ।साच्चैका सहकारीहरु सदस्यको अवस्था कस्तो छ के उनिहरु बैकिङ्ग कारोबार गर्न सक्दछन ?के बैंकहरुले सहकारीले जस्तै बैकबाट बिना धितो नाङले पसल ठेला किन्ने, रिक्सा किन्ने ,मकै पोल्ने वा बाटोको छेउमा बसेर ब्यापार गर्ने आम श्रम जिवीकाकालागि कर्जा दिने तथा उनिहरुको घर पसलमा गई बचत संकलन गरि पुँजि निर्माणमा टेवा पु–याउने वित्तिय संस्थाहरु हुन ?
संस्थाको लागत र बैंकले सेवा दिने प्रकृयाको लागत एकै किसीमको हुन्छ ?के ५०००/–तमसुक खर्च र पाँच करोडको तमसुकमा लाग्ने खर्च एकै होइन र ?
घर घरमा गै संकलित बचत र बैकमा लाइनमा गा्रहकलाई राखि दिएको सेवाको लागत एकै प्रकारको हुन्छ र ?
हाल भन्ने गरिएको विधुतिय बैकिङ्गको कुरा शहरी क्षेत्रमा संञ्चालित केही केही सहकारीमा सम्भव होला तर सहकारीका अभियान्ता र सरकारलाई थाहा छ कि छैन सहकारीहरु दुर्गम क्षेत्र जहा बाटोघाटो र बिजुलीको समेत सुविधा छैन, अर्को कुरा एउटै क्षेत्रमा संञ्चालित लघुवित्त संस्थाहरुले १९% मा कर्जा लगानी गर्न पाउने तर त्यही क्षेत्रमा कार्यरत सहकारीहरुले १६% वा सो भन्दा कममा लगानी गर्नुपर्ने सहकारीको पुँजीको स्रोत २५-५० गरि संकलन गर्नु पर्ने तर लघु वित्तको स्रोत होलसेलमा कर्जा लिई पुँजि परिचालन गर्ने कसको लागत बढि हुन्छ ? अध्ययन गर्नु भएको छ ?
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij