दाङ-सल्यानमा एक युवकमा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पोजेटिभ देखिएको छ।
शारदा नगरपालिका–१ शितलपाटी शिवजन माध्यमिक विद्यालयमा आरडिटी परीक्षण गरिएकोमा ३२ वर्षीय युवकको रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल सल्यानले जनाएको छ।
शारदा नगरपालिकाले दुई स्थानमा आरडिटी शिविर राखेको थियो जसमा ७९ जनाको आरडिटी परीक्षण गरिएको थियो।
शारदा नगरपालिका मार्केमा ३० जना र वडा नम्वर १ शितलपाटीमा ४९ जनाको आरडिटी गरिएको छ र संक्रमित युवालाई अहिले जिल्ला अस्पताल सल्यानको आइसोलेसनमा राखिएको छ।
उनी चैत ६ गते दुबईबाट आएको जिल्ला अस्पताल सल्यानका प्रमुख डा.अर्जुन बुढामगरले जानकारी दिए।
पोजेटिभ रिपोर्ट आए पछि पिसिआर जाँचका लागि स्वाब संकलन गरी सुर्खेत पठाउने तयारी गरिएको छ। उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij