२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु, एक घाइते

सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु, एक घाइते

 

काठमाडौँ । दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको यात्रुवहाक बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । एक जना घाइते भएका छन् । तुलसीपुरबाट छुटेको रा १ ख ८३४ नम्बरको बस बिहीबार सल्यानको राप्ती राजमार्गको चोर खोला नजिकै जाँदा उक्त घटना घटेको हो ।

बुधबार राति हावाहुरी र पानी आउँदा सडक छेउको बिजुलीको तारमा रुख ढलेको थियो । सडकबाट बस पार हुँदा बिजुलीको तारमा छोइएर बसमा करेन्ट प्रवाह भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

घटनामा रोल्पाको दलसिंगेका कालुराम डाँगी र टोपीलाल डाँगीको मृत्यु भएको सल्यानका सीडिओ वेदप्रसाद खरेलले जानकारी दिए । उनीहरु दुवै जना बाबु र छोरा हुन् । बसमा २० देखि २५ जना सवार भएको जनाइएको छ ।

सडकबाट बस पार हुँदा बिजुलीको तारमा छोइँदा बसमा करेन्ट लागेको अनुमान गरिएको छ । थप विवरण आउन वाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij