२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

सर्वसाधारणका लागि आयल निगमले ६ अर्बको सेयर जारी गर्ने

सर्वसाधारणका लागि आयल निगमले ६ अर्बको सेयर जारी गर्ने

काठमाडौं, पुस ३ । नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ।

चुक्ता पूँजी वृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो। हाल निगमको चुक्ता पूँजी २९ करोड रुपैयाँ रहेको खवर आजको कान्तिपुर दैनिकले छापेको छ।

चुक्ता पूँजी वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्‍याइने निगमले जनाएको छ। निगमका अनुसार पूँजी वृद्धिका लागि सेयर जारी गर्ने सम्बन्धमा अर्थ मन्त्रालयमा छलफल भइसकेको छ।

‘वार्षिक साढे १ खर्ब रूपैयँ कारोबार गर्ने कम्पनीको चुक्ता पूजी करोडमा छ,’ निगमका कार्यबाहक कार्यकारी निर्देशक सुशील भट्टराईले भने,‘यही क्रममा सर्वसाधारणका लागि ६ अर्ब बराबरको सेयर जारी गर्ने क्रममा छौ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij