लेखक प्रकाश विकल्पको पुस्तक समृद्धिको रोडम्याप नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विमोचन गरेका छन् । शनिवार काठमाडौंमा एक समारोहका बिच प्रकाशको दोश्रो पुस्तकको विमोचन गरिएको हो ।
उहाँको भित्र एउटा हुटहुटी छ केही नयाँ गरौँ, केही राम्रो गरौँ, देश बनाउँने महत्वाकांक्षा यूवाहरु माझ नयाँ शिराबाट उहाँले शूरुवात गरेको मलाई महशुस हुन्छ ।’ अध्यक्ष प्रचण्डले पुस्तकका लेखक प्रकाशले विज्ञान प्रविधिलाई, आधुनिक युगलाई कसरी लिएका छन् र त्यसबारेमा उनले बनाएका परियोजनाहरु आफूले हेरेको बताए । प्रतिनिधि सभा पुनःस्थापनाका लागि गरिएको संघर्षमा प्रकाशले महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उनले बताए ।
विमोचन कार्यक्रममा लेखक युग पाठक तथा राष्टिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले पुस्तकमाथि टिप्पणी गरे । लेखक पाठकले पुस्तकमा विश्वका विभिन्न विद्धानका भनाईलाई उद्धरण गरिएको बताउँदै पुस्तकले के विषयलाई कसरी समृद्धि मान्ने भन्ने विषयमा बहस सिर्जना गरेको उल्लेख गरे ।
उनले समृद्धिको रोडम्याप पुस्तक ‘एन्टी थेसिस’को रुपमा रहेको बताउँदै अहिलेको व्यवस्थामाथि प्रश्न उठाएको पुस्तक रहेको बताए । उनले अहिलेको राजनीतिक, सामाजिक, आर्थिक व्यवस्थामाथि प्रश्न उठाएको बताउँदै एउटा भवन बन्ने र चिल्लो सडक बन्ने कुरा मात्रै समृद्धि हो त भन्दै प्रश्न समेत गरे ।
लेखक विकल्पले अध्यक्ष प्रचण्डलाई बुझ्न विज्ञान र प्रकृतिको नियम बुझ्न आवश्यक रहेको बताए । उनले प्रचण्डको सिद्धान्त गतिशीलता र रुपान्रण रहेको बताउँदै यी दुई चिज नभए परिवर्तन संभव नभएको उल्लेख गरे । उनले भने–‘जवसम्म वर्तमान अवस्थालाई मानिसले चुनौति दिँदैन तवसम्म त्यहाँ परिवर्तन हुँदैन । जबसम्म मानिसले क्रान्ति भनेको के हो बुझ्दैन उसले प्रचण्ड भनेको के हो बुझ्न सक्दैन ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij