२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

समाज लघुवित्त र रिलायन्स लाइफले भदौ ४ गतेदेखि आईपीओ जारी गर्दै

समाज लघुवित्त र रिलायन्स लाइफले भदौ ४ गतेदेखि आईपीओ जारी गर्दै


काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था र रिलायन्स लाइफ इन्स्योरेन्सले आगामी भदौ ४ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् ।

समाज लघुवित्त वित्तीय संस्थाले ८६ लाख रुपैयाँ बराबरको अर्थात प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ८६ हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो । समाज लघुवित्तको एक हजार कित्ता कर्मचारीको लागि छुट्याएको छ । चार हजार ३०० कित्ता सामूहिक लगानी कोष लागि छुट्याएको छ । बाँकी रहेको ८० हजार ७०० कित्तामा भने सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओमा सर्वसाधारणले भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन भने उक्त समयमा पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ १८ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदनदिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

त्यसै गरी रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ६३ लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

कूल ६३ लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ ।

यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ २२ गतेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij