२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

सन नेपाल लाइफले व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशत छुट दिने 

सन नेपाल लाइफले व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशत छुट दिने 

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ । कम्पनीबाट जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी ब्यतित भएका बीमालेखहरुमा छुट सुविधा दिएको कम्पनीले एक सूचनामार्फत जनाएको छ ।

कम्पनीले २०८० माघ १ गतेदेखि माघ ३० गतेसम्मसम्म पुनर्जागरण गराएमा विलम्ब रकममा छुट दिने जनाएको छ ।

ब्याज छु बीमा अवधिभर एक पटकमात्रै उपयोग गर्न सकिनेछ । २०८१ चैत मसान्तसम्म परिपक्व हुने बीमालेखहरुमा यस सुविधा लागू हुनेछ । सो सम्बन्धी सम्पुर्ण जानकारीका लागि कम्पनीले अभिकर्ता, शाखा तथा उप शाखा कार्यालयमा बुझन आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij