२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

संघीय संरचनामा नेपालका स्वास्थ्य क्षेत्र कस्तो रहने ?

संघीय संरचनामा नेपालका स्वास्थ्य क्षेत्र कस्तो रहने ?

काठमाडौं । विश्वमा हरेक बर्ष मनाइदै आएको ‘युनिभर्सल हेल्थ कभरेज डे’ नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइदै आएको छ । हरेक बर्ष डिसेम्वर १२ का दिन मनाइदै आइएको यस डे लाई भोर नेपाल नामक संस्थाले भने ३ दिन पछि भिन्न तरिकाले मनाएको छ ।

नयाँ संघीय संरचनामा आम नागरिकको सर्वसुलभ तरिकाले स्वास्थ्यमा पहुँच कसरी पुर्याउने ? नेपालका स्वास्थ्यसंस्थालाई कसरी व्यवस्थित गर्ने,कस्तो स्वास्थ्य नीति ल्याउने, विशेष गरि ‘हेल्थ फर अल’ अवधारणालाई कसरी कार्यान्वयन गर्ने भन्ने बिषयमा सम्वन्धित सरोकारवाला निकाय र मिडियाकर्मीबीच राउण्ड टेवल बहस कार्यक्रम सम्पन्न गरेको छ ।
आफूहरुले सैद्धान्तिक र प्राविधिक दुवै बिषयमा छलफल चलाई त्यसको निचोड अव बन्ने संघीय सरकार र प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयलाई ह्याण्डओभर गर्ने भोरका अध्यक्ष राजकुमार महतोले बताएका छन् । कार्यक्रममा स्वास्थ्य अर्थशास्त्री डा. बुद्धिराज पाण्डे,डा शिवराज अधिकारी,डा.गुणराज वस्ती,डा.सुवास प्याकुरेल, लगायत अन्य स्वास्थ्यक्षेत्रसँग सम्वन्धित विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
भोरले आयोजना गरेको उक्त कार्यक्रममा सुनौलो परिवार नेपाल,मेरी स्टोप्स नेपाल, गुड नेवर्स इन्टरनेशनल,नेपाल स्वास्थ्य अर्थशान्त्री संघ लगायतले सहकार्य गरेका थिए । नेपालख़बरडेलीले छापेको छ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij