२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

श्रम तथा राेजगार मन्त्रालयकाे रोजगार संयोजकको नतिजा प्रकाशित

श्रम तथा राेजगार मन्त्रालयकाे रोजगार संयोजकको नतिजा प्रकाशित

निष्पक्ष रहेकाे मन्त्रालयकाे दाबी

सबीना कुमारी गिरी, काठमाडाै‌ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्यता र मापदण्ड पुगेका २ हजार २ सय ६२ जनाको प्रारम्भिक सूची माघ २८ गते प्रकाशन गरेको थियो । प्रारम्भिक सूचीमा रहेका २ हजार २ सय ६२ परीक्षार्थीको शनिवार र आइतबार कम्प्युटर सीपमा आधारित परीक्षा लिइएको थियो । 

स्वीकृत मापदण्ड अनुसार ७ सय ५ स्थानमा रहने शाखा अधिकृत सरहको रोजगार संयोजकका लागि न्युनतम योग्यता स्नातक तह निर्धारण गरिएकाे थियो । त्यसैगरी ४८ स्थानीय तहमा रहने नायब सुब्बा सरहको रोजगार संयोजकको लागि न्युनतम योग्यता प्रमाणपत्र तह वा प्लस टु सरह रहेको थियो ।

कुल १ सय अङ्कको पूर्णाङ्कमा तोकिएको न्युनतम शैक्षिक योग्यताको प्राप्त लब्धाङ्क प्रतिशतलाई आधार मानी अधिकतम ७० अङ्क, न्युनतम भन्दा माथिल्लो शैक्षिक योग्यता भए थप अधिकतम २० अङ्क र सम्बन्धित क्षेत्रमा काम गरेको कम्तीमा २ वर्ष पूरा भएको भए अधिकतम १० अङ्क प्राप्त गर्न सकिने थियो ।

मन्त्रिपरिषद्बाट स्वीकृत मापदण्डअनुसार प्राप्त आवेदनहरुबाट छनोट गरी माघ २८ गते मन्त्रालयले २ हजार २ सय ६२ जना उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गरेको थियो ।
त्यसपछि फागुन ११ र १२ गते मन्त्रालयले पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा कम्प्युटर सीप परीक्षा लिएको थियो । कम्प्युटर परीक्षामा उत्तीर्ण हुन कम्तीमा २५ अङ्क प्राप्त गनुपर्ने मापदण्डमा उल्लेख छ ।

रोजगार संयोजकको नियुक्ति हुने सम्बन्धमा प्रारम्भिक सुचीमा प्राप्त अङ्कको गणना नहुने मापदण्डमा उल्लेख छ । कम्प्युटर सीप परीक्षामा सहभागी हुनका लागि मात्रै प्रारम्भिक सुची प्रकाशन गरिएको मन्त्रालयले जनाएको छ । कम्प्युटर सीप परीक्षाका लागि ५० पूर्णाङ्कको २५ वटा बहु वैकल्पिक प्रश्न कम्प्युटर प्रणालीबाट नै सोधिएको थियो । ती प्रश्नहरुमा कम्तीमा १३ वटा प्रश्नको सही उत्तर दिने आवेदक मात्रै उत्तीर्ण भएका छन् । रोजगार संयोजकको प्रारम्भिक छनोट सुचीमा परेका २ हजार २ सय ६२ उम्मेदहरु मध्ये अधिकांश परीक्षार्थी कम्प्युटर सीप परीक्षामा अनुत्तीर्ण भएका छन् । यस मापदण्डमा अनुत्तीर्ण हुनु परीक्षार्थीलाई प्रतीक्षा सुचीमा पनि नराखिने भएको छ ।

करार सेवाकाे लागि आवेदन माग गरिएकाे यो परिक्षा इतिहासकै सबैभन्दा निष्पक्ष परीक्षा भएको मन्त्रालयले बताएकाे  |छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij