२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

शिक्षण अस्पतालमा दुर्घटनामा आफन्त गुमाएकाको भिड

शिक्षण अस्पतालमा दुर्घटनामा आफन्त गुमाएकाको भिड

काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनाबाट मृत्यु भएका १८ जनाको शवको पोस्टमार्टम त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुरु भएको छ । फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपाल चौधरीले मृत्यु भएकाको पोस्टमार्टम भइरहेको जानकारी दिनुभयो ।

अस्पतालमा मृतक आफन्तको पोस्टमार्टम सुरु भएपछि आफन्तको भिड लागेको छ ।

पोस्टमार्टमको लागि पाटन अस्पताल, भक्तपुर लगायत सबै ठाउँबाट फरेन्सिक विज्ञ बोलाएर काम भइरहेको डा. चौधरीले बताउनुभयो ।

सबै शवको पोस्टमार्टम गरेर रिपोर्ट तयार गरेर आफन्तलाई शव जिम्मा लगाउन तीन दिन समय लाग्न सक्ने उहाँको भनाइ छ । आफन्त भने शव पहिचानका लागि आतुर हुँदै पीडाका साथ अस्पताल परिसरमा पुगेका हुन् ।

बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट पोखरा जान लागेको सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको हो। विमानका पाइलत भने घाइते हुनुभएको छ । घाइते पाइलटको सिनामंगलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij