
काठमाण्डौ । शनिवारबाट काठमाण्डौमा ४ दिने कफी सम्मेलन तथा प्रदर्शनी २०८० सुरु भएको छ । उक्त प्रदर्शनी नेपाल कफी व्यवसायी महासंघको आयाेजनामा पहिलाेपटक सञ्चालन गरिएकाे हाे ।
कफीको क्षेत्रमा लगानी कसरी भित्र्याउने र नेपाली कफी कसरी बाह्य बजारमा बिस्तार र निर्यात गर्ने भन्ने सम्बन्धमा सम्मेलन केन्द्रित रहने महासंघका अध्यक्ष ओमनाथ अधिकारीले बताउनुभयाे ।
नयाँबजारकाे सस ब्याङ्क्वेटमा आयाेजना गरिएकाे प्रदर्शनीमा देशका विभिन्न जिल्लामा उत्पादन भएका कफीहरू प्रदर्शनीमा छन् । साथै वरिस्ता च्याम्पियनसिप, कला देखाउने च्याम्पियनसिप पनि राखिएकाेले यसबाट युवाहरूलाई यस क्षेत्रमा लाग्न थप प्रेरणा मिल्तने अपेक्षा गरिएकाे छ ।
कफीकाे आन्तरिक बजार प्रवर्द्धनमा मेला प्रभावकारी रहने आयाेजककाे विश्वास छ ।
कफी क्षेत्रमा रहेका समस्याहरुमा राज्यलाइ समेत जानकारी गराइ नीतिगत सहजीकरणकाे लागि समेत सम्मेलन र प्रदर्शनी महत्वपूर्ण रहने महासंघका महासचिव सन्तोष पोखरेलकाे विश्वास छ । यसकारण महासंघले देशभरका कफी उत्पादकहरुलाई एकै ठाउँमा ल्याउने प्लेटफर्मको रुपमा यो मेला आयोजना गरिएको उहाँको धारणा छ ।
असार ५ गतेसम्म सञ्चालन हुने मेलामा देशभरबाट ३० वटा जिल्लाका कफी उत्पादकहरूकाे सहभागिता रहेकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij