
दोलखा जिल्ला साविक भेट्पु गा.वि.स वडा नं.८ (हाल मेलुङ गा पा वडा नं ४) मा बुबा भिम बहादुर थापा र आमा मानकुमारी थापाको कोखबाट वि.स. २०३५ सालमा जन्मिएका बाबुराम थापा सानै देखि निकै मेहनती थिए । ग्रामीण परिवेशको कृषक परिवारमा जन्मिएका थापाले गाँउकै महेन्द्र माध्यमिक विद्यालयबाट प्राथमिक शिक्षा हासिल गरे । परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण मा.वि. तह भन्दा माथिको अध्ययन गर्न पाएनन् । जसको परिणाम स्वरुप उनले १४ वर्षको कलिलो उमेरबाटै अर्काकोमा काम गनुप¥यो । कामले काम सिकाउँछ, अभ्यास र अनुभवले मान्छेलाई परिपक्व बनाउँछ भने जस्तै निरन्तर समस्या र चुनौतीहरुसँग संघर्ष गर्दैगर्दा आज थापा एउटा ठुलो कम्पनीका मालिक बनेका छन् । सबैको सपनाको सहर काठमाडौमा सान्दार घर छ । महंगो र आरामदायी गाडी चढेर हिँड्छन् । यसैमा आफूलाई गर्व लाग्ने कुरा थापा बताउँछन् ।
बाल्यावस्था
म सामान्य गरिब परिवारमा जन्मेको हुँ । पहाडको ठाउँ निर्वाहमुखि कृषिमा आश्रित हाम्रो परिवार विहान देखि बेलुका सम्म घर खेति मै व्यस्त हुनुपथ्र्यो । बचेको समय अर्काकोमा मेलापात÷ खेताला जानु पथ्र्यो । आफुले उत्पादन गरेको कृषि उपज किनबेच गर्ने प्रचलन थिएन । बाँडिचँुडि गरेर खाने चलन थियो । अहिले जस्तो हजारौं रुपयाँ नगद ज्याला दिने चलन थिएन । अर्मपर्म गरेर खेतिपाती लगाउने भित्राउने चलन थियो । अहिले जस्तो मलविउ पाईएन भनेर आन्दोलन गर्ने चलन थिएन । विउ आफ्नैमा हुन्थ्यो । नभए छिमेकीले दिन्थे । रसायनिक मल लगाउने चलन थिएन । गाई भैसीको कम्पोष्ट मल मलखाल्डो भरी हुन्थ्यो । विद्यालय टाढा थियो त्यसैले अलि ठुलै भएर क ख सिक्न स्कुल गईयो । हामी ६÷७ जना छोरा छोरी घर भरी थियौं । सबैलाई उच्च शिक्षा पढाउन सक्नु भएन । घरको आर्थिक अवस्था कमजोर भएकै कारण मैले १४ वर्ष घर छोडेर अर्काकोमा काम गर्न थाले ।
सुरुका दिनमा काम:
‘सुरुमा काठमाडौ आएर एउटा माडेको पसलमा ७ सयको जागिर खाएं । विहान बेलुका बाटोमा लिलामी कपडा बेच्ने गरें । रत्नपार्कको बाटोमा आलु पनि बेचें । नगरपालिकाले त्यो काम गर्न पनि दिएन । त्यस पछि एउटा दाईसँग पञ्जाब जाने सल्लाह भयो । विहान कौसलटारबाट गाडि चढ्ने हँुदा ट्रलिबसको खम्बामा च्यापिएं । घाइते भएका कारण पञ्जाब जान पाइएन । च्यापेर घाइते बनाउने बसले उपचार गरिदिने भनेर मलाई साथ मै राख्यो । अलिअलि काम पनि लगायो । आखिरमा अहिले बुझ्दा मलाई खलासी बनाएको रहेछ । त्यस गाडिमा करिव ६ महिना काम गर्दा अलि अलि गाडि चलाउन सिकें । त्यस पछि एउटा ढुङ्गा माटो बोक्ने गाडिमा खलांसी काम गरें । त्यो गाडिमा १ वर्ष काम गरेपछि मैले गाडि चलाउन पुर्णरुपमा सिकें र आफैं ड्राईभर बनें । कान्तिपुर फिडको गाडि ९ बर्ष चलाएं । सानो मान्छे ठुलो गाडि चलाउनु पर्ने कहिले काहीँ त अगाडि बाटो नदेखेर उभिएर गाडि चलाउनु पथ्र्यो’ थापाले बताए ।
व्यावसायिक यात्रा
कान्तिपुर फिडको गाडि चलाउँदा चलाउँदै आफैले कुखुरा पाल्न थालें । त्यस पछि मैले २०५९ साल तिर किराना पसल चलाए । तर सुरुमा म कुखुरा व्यावसायीसँग नजिक भएका कारण प्रत्यक्ष, अप्रत्यक्ष त्यतै तिर बढि रस बस्यो । २०६५ सालमा भक्तपुरको बोडेमा जग्गा भाडामा लिएर २ वटा खोर बनाएर कुखुरा पाल्न थालें । बिहान बेलुका कुखुराको चारोपानी गर्ने, बचेको समय गाडि चलाउने, रात दिन काम गर्ने गर्थे । भर्खरै बाट कमाई सुरु भएको हो । २०६८ सालमा नेपाल भरि वर्डपm्लु फैलियो । खोर भरी कुखुरा हुर्किएर रहर लाग्दा भएका थिए । एकै रातमा सबै मरे । मेरो आशाको त्यान्द्रो टुट्यो । थाप्लोमा ऋण थपियो । अवस्था पहिलाको भन्दा झन गम्भिर बन्यो, म तडपिए तर पनि कहिल्यै हरेसा भने खाइन ।
रोजगारी सृजना
प्रत्यक्ष २५-३० जनालाई रोजगारी दिन सफल भएको छु । तर यसलाई मात्र न्यू पञ्चकन्या सप्लायर्सले दिएको रोजगारी भन्न मिल्दैन । मेरो कम्पनिले लगभग ५०० जनालाई रोजगारी दिएको छ । त्यो भन्दा अझ रोचक कुरा ५०÷६० जनालाई व्यावसायिक मालिक बनाएको छ । मैले गाँउमा नपढेका, काम नपाएका, हातमा सीप नभएका, गरिब दुखि परिवारका युवाहरुलाई ल्याउने काममा लगाउने अनि दक्ष बनाई आफ्नो खुट्टामा उभिन सक्ने बनाएको छु । मेरोमा काम सिकेर आफैं व्यावसायिक र मालिक बनेका भाईहरु धेरै रहेका छन् । सिङ्गान पुछ्न नजान्ने दर्जनौं केटाहरुलाई मैले लाईसन प्राप्त दक्ष ड्राईभर बनाएको छु, यसैमा मलाई गौरव लाग्छ ।
यस क्षेत्रका समस्या र चुनौतीहरु
समस्या र चुनौती त भनि साध्ये छैन । सबै समस्याहरु भन्ने हो भने यस पेशामा संलग्न सबै व्यावसायिहरु भाग्नु पर्ने अवस्था छ । कृषि प्रधान देश तर सबै कुरा आयातमा भर पर्नु पर्ने अवस्था छ । चल्ला पाए दाना पाईँदैन दाना पाए औषधी पार्इँदैन । औषधी पाए दक्ष प्राविधिक पार्इँदैन । उत्पादन भए बजार पाईदैन, बजार पाए बजारले मागेको धान्ने उत्पादन हँुदैन । कोभिड १९ लगाएतका महामारी, अहिलेको आर्थिक मन्दि आदिले बजार शुन्य छ । मान्छेको आम्दानीका स्रोत प्रशस्त भए माछा मासु बढि खाने, भोज भतेर गर्ने हुन्छन् । टाढाबाट ढुवानी गर्दा समयमा आई नपुग्ने, कुखुरा बाटा मै मर्ने, बाटोमा ट्राफिक प्रहरीहरुले अनावश्यक भन्दा बढि नै दुख दिने, कर्मचारीले भेटेरेनरि पास बनाउँदा दुख दिने, जस्ता अनेक किसिमका समस्या छन् ।
सप्लायर्सका क्षेत्रमा सरकारको उपस्थिति शून्य
कुनै कोल्ड स्टोर्सहरुले अहिले सम्म सरकारबाट राहत अनुदान लिएको मलाई थाहा छैन । अहिले कतिपय स्थानीय सरकारहरुले पुरस्कारको नाममा नगद बाँडेको सुनिन्छ । त्यो सरासर गलत हो । काम गर्नेलाई तालिम, सिप र प्रविधि सिकाउने हो । सिधैं नगद दिने हैन । नेपाल सरकार र तिनका अगुवाहरु सुनको कमन्डलु बोकेर माग्न हिँड्ने भिखारी जस्तो हिँडि रहेका छन् । आफ्नो जग्गाको क्षेत्रफल कति छ भनेर लालपुर्जामा हेर्न नजान्ने किसानलाई कृषि अनुदानको लागि २५ पेज लामो प्रपोजल बनाउन लगाईन्छ । यो भन्दा अन्याय अरु के हुन सक्छ । जसले प्रपोजल बनाउँछ उसलाई कृषिको क पनि थाहा छैन । जो कृषि कर्ममा दत्तचित्त भएर लागेको छ उसलाई प्रपोजलको प थाहा छैन । अनि कसरी आँउछ सरकारले गरेको लगानिको प्रतिफल ? जहिले सम्म यो झन्जटिलो प्रकृया रहि रहन्छ त्यति बेला सम्म किसानका नाममा बिचौलियाहरु अघाई रहने छन् । अर्को कुरा स्थानिय उत्पादन र घरेलु उद्योगहरुलाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन हुनु पर्छ । दीर्घकालिन योजना बनाएर आफ्नो देशमा उत्पादन गर्न सकिने कृषि उपजहरु अन्य देशबाट ल्याउन पूर्ण रोक लगाउनु पर्दछ । उत्पादन केन्द्रित कार्यक्रमहरु ल्याउनु पर्दछ । हामी जस्तो देशमै केहि गरौं भनेर रोजगारी सृजना गरि रहेका मान्छेहरुलाई सरकारी साथ सहयोग र सहकार्यको आवश्यकता छ । यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति, नियम र ऐन कानुन बनाउनु पर्दछ । हामीसँग जल, जमिन र जनशक्ति पूर्ण छ । त्यसको यथोचित उपयोगको लागि योजना बनाउनु पर्दछ ।
रुचिका क्षेत्रहरु
समाज सेवा, दान धर्म र तिर्थ यात्रा गर्ने । असल नागरिक बन्ने । राज्यलाई कर तिरेर, स्टाफ पालेर बचेको केहि पैसा मैले सामाजिक कार्यमा दान गर्ने गरेको छु । व्यस्त समयका बाबजुत पनि श्रीमती अलिबढि आध्यात्मिक भएका कारण नेपालका लगभग मुख्य मुख्य तिर्थस्थलहरु घुमेको छु ।

अन्त्यमा,
मान्छेले पूरा गर्न नसक्ने आफ्नो औकात र हैसियत भन्दा ठुल्ठुला इच्छा आकांक्षा राख्यो भने त्यसैको मृगतृष्णामा दौडिदा दौडिदै जीवन लिला समाप्त हुन्छ । त्यसैले आफुले गर्न सक्ने उदेश्य लिएर निरन्तर परिश्रम गर्ने हो भने अवश्य पनि लक्ष्यमा पुग्न सकिन्छ । हाम्रो देश प्राकृतिक सम्पदाले भरिपूर्ण छ । सहर भन्दा गाउँघर अझ सुन्दर छन् । सहरमुखि, पैसामुखि र विदेशमुखि भएर हामी दुख पाईरहेका छौं । सहर र विदेशको सपना त्यागेर आफ्नै माटोमा परिश्रम गर्ने हो भने हामी सुखि र समुन्नत बन्ने छौं । हामी अरुको देखासेखि गरेर, पाश्चात्य संस्कारहरुको अनुकरण गरेर जटिल जीवन गुजारा गरि रहेका छौं । त्यसलाई त्यागेर आफ्नै मौलिक संस्कार संस्कृतिमा रमाउने हो भने हाम्रो जीवन सरल र सहज छ । आफ्नै परिवेशमा उद्यम गरि मालिक बनौं जीवन सुखमय छ ।
(प्रस्तुतीः–सुवाश जमरकट्टेल)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij