एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कहर अझै बढिरहेको छ । हाल सम्म विश्वमा कोरोना कारण मृतकको संख्या ३ लाख ६६ हजार ४ सय बढी पुगेको छ भने संक्रमितको संख्या ६० लाख २५ हजार नाघेको छ । यसै गरी निको हुनेको संख्या २६ लाख ५५ हजार पुगेको छ ।
विश्वमा कोरोनाको संक्रमण उच्च भएका शीर्ष दश देशको विवरण अनुसार :
सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख ४ हजार ५ सय ३१ पुगेको छ । त्यहाँ संक्रमित १७ लाख ९२ हजार ९ सय ९० पुगेको छ ।
यसै गरी ब्राजिल अमेरीका पछि ठूलो दरमा मृत्यु हुने देशमा उक्लिएके छ । त्याहाँ पछिल्लो २४ घण्टामा मात्रै ११ सय बढीको ज्यान गएको छ । र ब्राजिलले मृत्युसंख्यामा स्पेनलाई समेत उछिनेको छ । ब्राजिलमा मृतकको संख्या २७ हजार ९ सय ४४ छ भने संक्रमित ४ लाख ६८ हजार ३ सय ३८ छ । यसै गरी रुसमा ३ लाख ८७ हजार ६ सय २३ संक्रमित छन् भने ४ हजार ३ सय ७४ जनाको मृत्यु भएको छ ।
स्पेनमा कुल २ लाख ८५ हजार ६ सय बढी संक्रमित छन् भने २७ हजार १ सय २१ जनाको मृत्यु भएको छ । स्पेनमा २४ घण्टामा आज पनि २ जना मात्र मान्छेको मृत्यु भएको छ ।
बेलायतमा ३८ हजार ८१सय ६१ जनाको मृत्यु भएको छ भने २ लाख ७१ हजार २ सय २२ जना संक्रमित छन् ।
ईटालीमा ३३ हजार २ सय २९ जनाको मृत्यु भएको छ भने २ लाख ३२ हजार २ सय ४८ जना संक्रमित छन् ।
फ्रान्समा एक लाख ८६ हजार ८ सय ३५ संक्रमित छन् भने २८ हजार ७ सय १४ जनाको मृत्यु भएको छ ।
जर्मनीमा एक लाख ८३ हजार १९ जना संक्रमित छन् भने ८ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ ।
भारतमा एक लाख ७३ हजार ३ सय ८६ जना संक्रमित छन् भने ४ हजार ७ सय ११ जनाको मृत्यु भएको छ ।
टर्कीमा एक लाख ६२ हजार १ सय ९१ २० जना संक्रमित छन् भने ४ हजार ४ सय ८९ जनाको मृत्यु भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij