काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अध्यादेशको बारेमा वाम गठबन्धनलाई अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गरेका छन् ।

थापागाउँ सुधार समितिले आयोजना गरेको ‘बधाई एवं धन्यवाद’ कार्यक्रममा नेता सिंहले संविधानमा अध्यादेशमार्फत राष्ट्रियसभाको गठन हुने प्रावधान भएकाले सोहीअनुसार सरकारले काम गर्ने स्पष्ट पारे । “काँग्रेसलाई एकछिन पनि सत्तामा बस्न रहर छैन, हामी सबै कुरा मिलेपछि सरकार छाड्छौँ,”– उनले भने ।
उनले संविधान कार्यान्वयनका लागि कांग्रेसको सरकारले निर्वाचन गराएको भन्दै अब आर्थिक विकासमा पनि काँग्रेसले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij