२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

विद्युत प्राधिकरणबाट राजिनामा दिन हितेन्द्रदेवकाे यस्तो सर्त

विद्युत प्राधिकरणबाट राजिनामा दिन हितेन्द्रदेवकाे यस्तो सर्त

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबाट राजीनामा गर्न तयार रहे पनि अरु ठाउँमा विकल्प दिनुपर्ने बताएका छन् । उनले आरोप मात्रै लगाएर पदबाट हटाइए कानुनी प्रक्रियामा जाने पनि बताए ।प्राधिकरणमा आफू आएपछि धेरै काम गरेको भए पनि नभनेकाले काम नगरेको जस्तो देखिएको उनको भनाइ थियो । उनले सरकारबाट राजीनामाका लागि कुनै निर्देशन वा अनुरोध नआएको दाबी पनि गरे ।

“राजीनामा गर्न निर्देशन वा अनुरोध आएको छैन । तर, सरकारले जे जिम्मेवारी दिन्छ, त्यो जिम्मेवारी लिन तयार छु । सरकारले दोष देखाएर होइन, अर्को ठाउँमा तपाईंको आवश्यकता छ भनेर लैजान्छ भने त्यहाँ जान तयार छु” बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij