काठमाडौं । सरकारले विदेशस्थित नेपालीले सहयोग गरेको एवं निजी क्षेत्रले खरिद गरी ल्याउन लागेको स्वास्थ्य सामाग्री ढुवानीमा सहुलियत दिने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय आविस्कार केन्द्रबीच भएको छलफलका क्रममा यसको समन्वय गर्ने जिम्मा आविस्कार केन्द्रलाई दिइएको केन्द्रका प्रमुख महावीर पुनले जानकारी दिए ।
बैठकमा उद्योगमन्त्री लेखराज भट्ट लगायतको बैठकमा अहिले देखिएको अक्सिजनको समस्या समाधान गर्ने विषयमा छलफल भएको थियो । बैठकमा उपस्थित नेपाल आयल निगमका अधिकारीहरुले यसरी स्वास्थ्य सामाग्री ढुवानीको लागि जाने नेपाल एयरलाइन्सको जहाजको लागि आवश्यक पर्ने इन्धन निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको पुनले जानकारी दिए । जसले गर्दा निजी क्षेत्रले ल्याउने सामानको ढुवानी भाडामा पनि सहुलियत दिने समझदारी भएको पुनले जानकारी दिए ।
त्यस्तै, उद्योग वाणिज्य, तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले बैठकमा विदेशबाट स्वास्थ्य सामग्री ल्याउने सवालमा निजी क्षेत्रलाई समेत सहयोग गर्ने बारेमा छलफल भएको जानकारी दिए । उनले राष्ट्रिय आविस्कार केन्द्रसँग समन्वय गरेर सामान ल्याउन लागेका निजी क्षेत्रलाई पनि ट्रिप पुगेको खण्डमा नेपाल एयरलाइन्सको जहाज पठाएर नेपाल ल्याउन सहयोग गर्ने विषयमा समझदारी भएको बताए ।
यसरी विदेशबाट सामान ल्याउने सामानको तौल ३० टन देखि ४० टनसम्म हुनुपर्नेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij