आगामी मंसिर २१ गते हुने निर्वाचनमा काठमाडौं क्षेत्र नं ६ को प्रदेश सभा ख का लागि बामगठबन्धन अन्तरगत नेकपा एमालेका याेगेन्द्र सङ्ग्राैला चुनावी मैदानमा उत्रिएका छन् । नेकपा एमालेका प्रदेश नं ३ सदस्य एवं पार्टी न्याय तथा कानून विभाग प्रमुख योगेन्द्र संग्रौलाकाे उम्मेदवारलार्इ विशेष रुपमा हेरिएकाे छ ।
मुलुककाे विकासकाे निम्ति स्पष्ट भिजन भएका सङ्ग्राैला विभिन्न क्षेत्रमा रही भिन्न भिन्न अनुभव समेटेका हुनाले निर्वाचन मार्फत निकै राम्राे तवरले विकासजन्य गतिविधिहरू अघी बढाउने अाशा गरिएकाे छ ।
स्थानीय स्तरमा पर्यटन, कृषि, वृक्षाराेपण, व्यवस्थित वस्ती विकास, यातायात, नदीकिनारकाे संरक्षण, व्यापक राेजगारी सृजना, खानेपानी तथा ढलकाे उचित व्यवस्थापन, सीपमूलक र प्राविधिक शिक्षा, तालिम, साना तथा घरेलु उद्याेगलार्इ प्राेत्साहन लगायतका विभिन्न याेजनाहरू सहित अाफू निर्वाचनमा हाेमिएकाे हुनाले जनताबाट निर्वाचित हुनेमा अाफु ढुक्क रहेकाे सङ्ग्राैलाले सेताेघरसँग्काे कुराकानीका क्रममा बताएका छन् । विकासका हरेक कार्यमा जनतासँग हातेमालाे गर्दै साेही बमाेजिम अघी बढ्ने र जनतालार्इ परिवर्तनकाे महसुस गराएरै छाेड्ने सङ्ग्राैलाकाे दावी छ ।
२०४९ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं २ को वडा अध्यक्षमा निर्वाचित संग्रौला पेशागत रूपमा अधिवक्ता हुन् । २०३६ सालमा पञ्चायत विरुद्धको आन्दोलनमा पटक पटक हिरासतमा परेका नेता संग्रौला २०४३ मा अधिवक्ता भई कानुन व्यवसायी भएका हुन् । २०४६ सालमा तत्कालिन मालेको सदस्यता लिई औपचारिक रुपमा राजनीतिक यात्रा सुरु गरेका संग्रौला २०४६ काे जनआन्दोलका एक सक्रिय पात्र हुन् ।
२०४७ मा काठमाडौँ नगरपालिकाको इलाका सदस्यको भूमिका निर्वाह गर्दै २०४९ मा काठमाडौँ महानगरपालिकाको वडा नं २ मा स्थानीय निकायको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भए । २०५० देखि २०६७ सम्म नेकपा एमालेको काठमाडौँ जिल्ला कमिटी सदस्य तथा क्षेत्र नम्बर ६ को सचिवको भुमिका निर्वाह गरेका नेता संग्रौला २०५१ मा नेकपा एमाले नेतृत्वको सरकार हुँदा गुठी संस्थानको सदस्य समेत भएका थिए ।
२०५४ मा युवा संघ नेपालको केन्द्रिय सदस्य तथा प्रचार विभाग प्रमुखको कार्यभार सम्हाल्दै २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्रले कु गर्दा ४५ दिनको जेल जीवन समेत विताएका छन् । २०६२-६३ को जनआन्दोलनमा १९ दिन हिरासतमा परेका थिए । २०६७ मा काठमाडौँ क्षेत्र नम्बर ६ बाट नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यको भूमिका समेत उनले निर्वाह गरिसकेका छन् ।
नेता संग्रौलाले काठमाडौं क्षेत्र न ६ को प्रदेश सभा ख मा वाम गठबन्धनका साझा उम्मेदवारको टिकट पाउँदा उनलाई पर्यटक उम्मेदवारको आरोप समेत लागेको थियो । नेता संग्रौला लामो समय काठमाडौंको राजनीतिमा सक्रिय रहेका र ०४९ सालको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं २ को निर्वाचित वडा अध्यक्ष समेत हुन् । हाल उनी काठमाडौं क्षेत्र न ६ को प्रदेश सभा (ख) अन्र्तगत टोखा नगरपालिकाको वडा नं ११ का बासिन्दा समेत हुन् .
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij