२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

विकासका ठूला कार्यमा सहकारीको संलग्नता आवश्यक

विकासका ठूला कार्यमा सहकारीको संलग्नता आवश्यक

उद्यमी राजकुमार खड्काकाे संक्षिप्त परिचय ः

राज कुमार खड्का

२०६६ देखि स्थापना भएका अर्विट वचत तथा ऋण सहकारीका अध्यक्ष राज कुमार खड्का नेपालमा विभिन्न व्यवसायहरुमा सक्रिय रुपमा सहभागि हुँदै आएका सफल उद्यमशिल व्यक्ति हुन् ।
२०७२ चैत देखि काठमाडौं बचत तथा ऋण सहकारी संघका आवद्ध समेत भएका खड्का हाल लायन्स क्लब, टोल सुधार समिति लगायतका विभिन्न सामाजिक संस्थाहरुको माध्यमबाट सामाजिक कार्यहरुमा समेत सहभागि हुँदै आएका छन् । हाल खड्का काठमाडौं बचत तथा ऋण सहकारी संघमा खड्का ऋण समितिमा संलग्न छन् ।

हाल यस संघले बिना धितो सहकारीको प्रकृति, आवश्यकता तथा औचित्यता हेरेर एक सहकारीलाई बढीमा ३० लाख रकम सम्म कर्जा प्रवाहको काम समेत गर्दै आएको छ । हाल यस संघमा ७ सय सहकारीहरु आवद्ध भएको खड्काले बताएका छन् । सहकारीको माध्यमबाट समेत सामाजिक कार्य गर्न सकिने निचोडमा पुगेर अहिले मुख्य क्षेत्रको रुपमा सहकारीको क्षेत्रमा नै काम गर्दै आएका खड्का सानो–सानो पुँजी सङ्कलन गरेर ठूलो पुँजी निर्माण गरी उत्पादनशिल कार्य गर्नको निम्ति सहकारीले पुर्याएको योगदानलाई निकै नै महत्वपूर्ण रहेको ठान्छन् ।
यद्यपि नेपालमा कतिपय सहकारीहरु निश्चित नीतिविधिबमोजिम चल्न नसकेको कारण केही समस्या पनि आएको बताउँदै अबका दिनमा गुणस्तरमा नै काम गर्नको निम्ति सहकारीहरु प्रतिवद्ध हुनुपर्ने खड्का बताउँछन् ।

उद्यमशिल मानसिकताका राजकुमार ः

वि.सं. २०३६ चैतमा जन्मिएका राज कुमार खड्का आर्थिक रुपमा सम्पन्न परिवारमा नै जन्मिएका व्यक्ति हुन् । दैनिक जीवन यापनको निम्ति उनलाई कुनै समस्या थिएन । यद्यपि अध्ययन कालमा (स्नातक तह अध्ययन गर्ने क्रममा) भने नेपालमा बेरोजगारी समस्याको अनुभव गर्ने मौका पाए । अर्थको कमी नभए पनि ऊर्जावान् समयमा आफू अन्य व्यक्तिहरु भन्दा केही फरक तवरले काम गर्नुपर्छ भन्नेमा उनी थिए । त्यसैकारण आफ्नो पारिवारिक रुपमा भएको सम्पन्नतामा उनी अल्झन चाहेनन् । त्यसैकारण बाहिरी दुनियाँलाई बुझ्ने मौका पाए । बाहिरी दुनियाँलाई बुझ्दा पारिवारिक पृष्ठभूमी भन्दा परिस्थिति फरक थियो ।

नेपालमा अवसर छन् भन्ने मान्यताका व्यक्ति ः

विद्यालय तहमा छँदा देखि नै खेलकुदमा विशेष रुचि राख्ने खड्का राम्रो जिम खेलाडीको रुपमा पहिचान बनाएका व्यक्ति पनि थिए । धरानमा भएको राष्ट्रिय स्तरको बडी विल्डिङ पुरष्कारमा दोस्रो स्थान हासिल गरेका खड्कालाई कामको निम्ति राम्रो तलब सुविधामा विभिन्न देशहरुबाट अफर नआएको त होइन । तर उनी नेपाल छोडेर विदेशमा गएर पैसा कमाउने कार्यमा भने आकर्षित भएनन् । वि.सं २०५९ मा मासिक ७५ हजार तलबमा दुवईको निम्ति अफर आएको भएपनि खड्काले उक्त अफरलाई अस्वीकार गरे । साथै नेपालमा नै सङ्घर्ष गर्ने क्रममा अहिले उनको यात्रा सहकारी, पार्टी प्यालेस, रिसोर्ट लगायतका विभिन्न व्यवसायहरुमा विस्तार भइसकेको छ । हाल नेपालमा नै उनी जस्ता दर्जनौं व्यक्तिहरुलाई रोजगारी सृजन ागर्ने माध्यम बनेका छन् भने कतिपय व्यक्तिहरुलाई नयाँ व्यवसाय तथा कार्यको लागि प्रेरणाको स्रोत पनि बनेका छन् खड्का ।

सहकारीमा प्रवेश ः
सहकारीकर्मी गणेश बुढाथोकी, मनोज भण्डारी लगायतका नजिकका मित्रहरुको प्रेरणामा सहकारीको क्षेत्रमा संलग्न हुन पुगेका खड्काको सहकारी यात्रा सन्तोषजनक रुपमा नै अघी बढेको छ । २०६५ देखि उनी सहकारीको क्षेत्रमा जोडिएका हुन् । सहकारीको क्षेत्रमा प्रवेश गर्नुपूर्व खड्का आफैंले मासिक ४-५ हजार तलबमा काम गरेको अनुभव समेत समेटेका छन् ।

 

यस्ताे छ सहकारीकर्मी राज कुमार खड्काकाे सहकारी दृष्टिकाेण ः

क) सहकारी प्रतिको दृष्टिकोण परिवर्तन हुनुपर्छ ः
नेपालमा अहिले पनि बैंकहरुले हेर्ने सहकारी प्रतिको दृष्टिकोण सकारात्मक रहन सकेको छैन । यसमा कतिपय कुराहरुमा सहकारीका कमजोरी पनि हुन सक्छन् । यद्यपि सहकारी प्रति बैंकहरुले हेर्ने दृष्टिकोण बदल्नु जरुरी छ । बैंकहरुले सेवा दिन नसकेको ग्रामीण भेगहरुमा समेत पुगेर स्थानीयहरुको सानो–सानो रकम सङ्कलन गरी आयमूलक कार्यमा लगाउने सहकारीको योगदान निकै नै महत्वपूर्ण छ ।
अहिले नेपालमा करिब ३६ हजारको सङ्ख्यामा सहकारी संस्थाहरु हुनुपर्छ । यी सहकारी संस्थाहरुको दायरा अहिले पनि साँघुरो नै छ । सहकारी संस्थाको माध्यमबाट जुन रुपमा वृहद काम गर्न सकिने अवस्था रहन्छ। नेपालमा अहिले सम्म त्यो भने हुन सकेको छैन । कतिपय सहकारी त पारिवारिक व्यवसायको रुपमा स्थापना भइ सञ्चालनमा रहेका छन् । यसो हुनुमा राज्यको नीतिगत तहमा पनि केही कमजोरी छ । यी नीतिगत सुधार गर्ने हो भने यस्ता कमजोरीहरुलाई न्यूनीकरण गर्न नसकिने होइन । साथै यस्ता सहकारीहरु टिक्न अब निकै गाह्रो समेत हुनेछ ।

ख) विदेशको अनुभवबाट सिक्नुपर्छ ः
भारतको बुल्दना अर्वानमा सहकारीले निकै राम्रो काम गरेको कुरा मैले स्थलगत भ्रमणको क्रममा अनुभव गर्न पाएँ । नेपालमा पनि त्यस्तै हुनुपर्छ भन्ने मलाई लाग्छ । राज्यको नीति राम्रो हुने हो भने नसकिने भन्ने नै हुँदैन ।
भारतको अरुङ्गावादबाट ५-७ घण्टाको दूरीमा पर्ने अर्वाना शहर विकासको मोडल नै सहकारीलाई अधिकार सम्पन्न बनाइनु हो । त्यहाँ राज्य र सहकारी दुवैका नीतिहरु स्पष्ट रहेको मैले पाएँ । जहाँ विकासका हरेक कार्यमा सहकारीको संलग्नता छ ।

ग) निर्माण कार्यमा सहकारीले तुलनात्मक रूपमा ठूला काम गर्न सक्छन् ः

अहिले जुन निर्माणका कार्यहरु जथाभावी रुपमा भएका छन्, यी कामहरु सहकारीको माध्यमबाट गरिने हो भने निकै नै व्यवस्थित रुपमा गर्न सकिन्छ । यसमा कुनै शंका छैन । नजिकैको कुरा गरौं, यहीँ माछापोखरी देखि बालाजु सम्मको बाटो पनि यदि सहकारीको माध्यमबाट बनाउने राज्यले योजना ल्याउने हो भने हामी करिब ५० ओटा सहकारी मिलेर यो कामको लागि जिम्मेवारी लिन तयार हुनेछौं । यसको लागि राज्यले अरु केही गर्नुपर्दैन, नीतिगत सुधारको माध्यमबाट काम गर्न सकिने व्यवस्था मात्रै गरिदिए पुग्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij