
स्थानीय निर्वाचन पश्चात् संसदीय र प्रादेशिक चुनाव हुनै लागेकाे समयमा, देश महत्वपूर्ण घडीमा रहेकाे बेला देशका २ ठूला राजनीतिक शक्तिहरू नेकपा (एमाले) र माअाेवादी केन्द्र, नयाँ शक्ति नेपाललार्इ समेत साथमा लिएर एकताकाे र तालमेलकाे घाेषणा गरेसँगै मुलुककाे राजनीति कसैले नसाेचेकाे माेडमा पुगेकाे छ । यस विषयलार्इ लिएर विभिन्न विचार विष्लेषण तथा टिप्पणीहरू भइ नै रहेकाे बेला यसबारे मलार्इ पनि केही कुरा खाेल्न र अाफ्ना प्रश्नहरू तेर्स्याउन मन लागेकाे केही कुराहरू लेख्दैछु ।
एकताकै विषयमा चियापसल देखि संसद समेत तातेकाे छ । राजनीतिक दलहरूका केन्द्रीय नेता, क्रियाशिल सदस्य हुँदै तल्लाे तहका नेता कार्यकर्ता समेत यसबाट अाश्चर्यमा परेका छन् । बाम शक्तिहरू एकता हुनुलार्इ सबैले स्वागत गरिरहेकाे बेला चुनावकाे मुखैमा अाएर भएकाे वामएकताले सम्बन्धित दलका नेता तथा कार्यकर्ताहरूमा अलि फरक किसिमकाे काैतुहलता पलाएकाे हुनुपर्छ । नेपालकाे इतिहासमा अाश्चर्यतापूर्वक भएकाे एकता प्रयाशकाे दीर्घकालिन प्रभाव मुलुककाे विकास र उद्यमशिलता तथा राजनीतिक परिवेशमा कस्ताे पर्ने हाे त्याे भने हेर्न बाँकी नै छ ।
जनयुद्दका नाममा हजाराैं युवाहरूलार्इ बलिदान गर्न प्रेरित गर्ने माअाेवादी केन्द्र र अाफ्नै इतिहास बाेकेकाे एमाले तथा वैकल्पिक राजनीतिक शक्तिकाे प्रयाशमा लागेकाे नयाँ शक्ति लगायत अन्य वामपन्थी शक्तिहरूबीच एकता गरिरहँदा १० अाैं बर्ष जनयुद्दकाे पीडाबाट गुज्रिएका र अहिले पनि कष्टकर जीवन जिइरहेका जनताहरूकाे मनमा कस्ताे कुरा खेलेकाे हाेला ? यस विषयमा पनि अाफ्नाे कार्यदिशा र सपनाहरू माेडिएकाेमा नेकपा (माअाेवादी केन्द्र)ले अात्मअालाेचना गर्नुपर्ने अावश्यकता समेत छ ।
यद्पि अहिले भएकाे बाम एकताकाे मुख्य सन्देश भनेकाे नेपालका वामशक्तिहरूबाटै अबकाे चुनावमा वहुमत अाउने र राजनीतिक रूपमा हुँदै अाएकाे अस्थिरता अन्त्य गर्नमा भने अवश्य पनि सहयाेग पुग्न सक्ला भन्ने अाम नेपालीहरूकाे कल्पना छ । यसलार्इ पूरा गर्ने काममा नेपालका सबै राजनीतिक दलहरूले पुन जनतालार्इ नझुक्याउन् । यसाे हुन सकेमात्र विगतमा अग्रगामी परिवर्तनकाे नाममा हजाराैं नेपालीहरू माथि बगार्इएकाे खाेलाकाे पीडामा मल्हमपट्टीकाे अनुभव नेपाली जनताहरूले गर्न सक्लान् ।
यसमा तपार्इकाे विचार व्यक्त गर्नकाे निम्ति निम्न बमाेजिम प्रतिक्रिया व्यक्त गर्नुहाेला ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij