२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

वाणिज्य बैंकहरू असार मसान्तभित्र मर्जरमा गए यी सुविधाहरू पाउने

वाणिज्य बैंकहरू असार मसान्तभित्र मर्जरमा गए यी सुविधाहरू पाउने

काठमाडौं । केन्द्रीय बैंकले एक आपसमा गाभ्ने,गाभिने तथा प्राप्ती प्रक्रियामा सहभागी भइ २०७९ पुस मसान्तभित्र एकीकृत करोवार सञ्चालन गर्न नसकेका बाणिज्य बैंकहरुलाई २०८० असार मसान्तभित्र एकीकृत करोवार सञ्चालन गरे विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने भएको छ ।

मंगलबार राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरे विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने जनाएको हो ।

राष्ट्र बैंकका अनुसार असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्ने वाणिज्य बैंकलाई राष्ट्र बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गर्ने जनाएको छ । त्यस्तै सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तिमा ६ महिना व्यतीत नभई यस बैंकबाट इजाजतपत्रप्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट उपलब्ध गराउनेछ ।

एकीकृत कारोबार सञ्चालन गरेको मितिमा कर्जा निक्षेप अनुपातले सीमा नाघेको अवस्थामा सो नियमित गर्न ६ महिनाको समय प्रदान गर्ने,गाभ्ने/गाभिने तथा प्राप्तिमा संलग्न संस्थामा साविकमा कायम रहेको भिन्न ब्याजदरका कारण एकीकृत कारोबार गर्दाका बखत ब्याजदर अन्तर यस बैंकले तोकेको सीमाभन्दा बढी भएमा ब्याजदर अन्तरलाई तोकिएको सीमाभित्र ल्याउन एक वर्षको समय प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै राष्ट्र बैंकले तोकिएको प्रति संस्था निक्षेप संकलन सीमामा एक वर्षसम्म ५ प्रतिशत बिन्दुले थप गरिने,एकीकृत कारोबार सञ्चालनको क्रममा एक किलोमिटरको दूरीमा सञ्चालनमा रहेका शाखा कार्यालयहरु मध्ये कुनै एक शाखा कायम राखी सोही दूरी भित्रका अन्य शाखा गाभ्न वा बन्द गर्न एक वर्षसम्म स्वीकृति आवश्यक नपर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij