२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

लियो परिषद राष्ट्रिय अध्यक्षमा नुवाकोटका- विशाल रिजालले उमेदवारी

लियो परिषद राष्ट्रिय अध्यक्षमा नुवाकोटका- विशाल रिजालले उमेदवारी

लायन्स क्लब अन्तरराष्ट्रिय, लायन्स जिल्ला ३२५ बि१, नेपाल अन्र्तगतको लियो परिषद ३२५ बि१ को वर्ष २०१८/२०१९ का लागि राष्ट्रिय अध्यक्षमा नुवाकोट जिल्ला, विदुर नगरपालिका वडा नं. ८, भैरमकोटमा जन्मनु भई हाल काठमाडौं बस्दै आउनु भएका लियो विशाल रिजालले उमेदवारी दिनु भएको छ । अन्तरराष्ट्रिय संस्थाको उक्त पदका लागी उमेदवारी दिनेमा नुवाकोट जिल्लाबाट उहाँ पहिलो व्यक्ति हुनु हुन्छ ।  
लियो क्लब अफ काठमाडौ वालाजू हाईटको प्रस्ताव र काठमाडौं, नुवाकोट, धादिङ्ग, मकवानपुर लगायतका जिल्लाहरुको २० भन्दा बढि लियो क्लबहरुको समर्थनमा रिजालले उमेदवारी दर्ता गराउनुभएको हो । एक्लो उमेदवार भएपनी अध्यक्ष पदका लागी रिजालले आगामि वैशाख ८ गते पोखरामा सम्पन्न हुने लायन्स÷लियो परिषदको छैठौं महाधिवेशनमा विश्वासको मत हासिल गर्नुपर्ने छ ।
काठमाडौको सामाखुसी स्थित स्काई पार्टि प्यालेसमा भएको उमेदवारी दर्ता कार्यक्रमा बोल्दै उमेदवार रिजालले परिषदका ६५ ओटा क्लबमा रहेका १७०० भन्दा बढि युवाहरुको जोश र जाँगरलाई कुशल नेत्तत्व प्रदान गरी थप उर्जा सहित सामाजिक कार्यमा प्रोत्साहन गर्दै लियो परिषद भित्र सकारत्मक परिवर्तनमा लाग्ने प्रतिवद्घता व्यक्त गर्नुभयो ।
 
लियो क्लब अफ काठमाडौ वालाजू हाईटमा ९ वर्ष देखि सक्रिय सदस्य रहि विगत ७ वर्ष देखि परिषदको विभिन्न पदमा आफ्नो कुशल क्षमता प्रदर्शन गर्नुभएका तथा लायन्स वर्ष २०१७/१८ मा उपाध्यक्ष पदमा निर्वाचित लियो विशाल रिजाल नै लियो परिषद ३२५ बि१ को कुशल नेत्तत्व रहेको भन्दै परिषदका पूर्व अध्यक्ष लियो अशोक पौडेलले रिजालको पक्षमा शतप्रतिसत विश्वासको मत दिनुहुन सम्पूर्णमा अनुरोध गर्नुभयो ।
उक्त कार्यक्रममा बोल्दै लायन्स क्लब अफ काठमाडौ वालाजू हाईटका अध्यक्ष लायन विष्णु सापकोटा लगायत अन्य उपस्थित पदाधिकारीहरुले लियो विशाल रिजालको पक्षमा सतप्रतिशत विश्वासको मत पाउनेमा विश्वास व्यक्त गर्दै रिजाललाई शुभकामना दिनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij