२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

लाठी चार्ज भएकाे प्रति इन्जिनियरहरुकाे विराेध प्रकट

लाठी चार्ज भएकाे प्रति इन्जिनियरहरुकाे विराेध प्रकट

सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (CDEN) द्वारा मिति २०७५ फागुन ११ गते  प्राबिधिक ईन्जिनियरहरुको मागहरु यथा सिघ्र पुरा गर्न आग्रह सहित पुननिर्माण प्राधिकरणका सिइओ शुशिल ज्ञवाली समक्ष ज्ञापनपत्र बुझाएकाे भाेलि पल्ट नै शान्तिपूर्ण धर्ना कार्यक्रम आयाेजना गर्दा इन्जिनियरहरु माथि लाठी चार्ज भएकाे प्रति विराेध पर्कट गर्दै सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपालले विज्ञप्ति निकालेकाे छ ।

प्राधिकरणलाइ बुझाएकाे विज्ञप्ति प्राविधिक इन्जिनियरकाे हकहित र अधिकारका विषयहरुमा केन्द्रित थियाे ।

आफूहरुले आफ्ना मागहरु सहित प्राधिकरणका सिइओलाइ विज्ञप्ति बुझाउँदा इन्जिनियर जस्ताे मर्यादित समुदाय माथि आक्रमण गर्दै निर्लज्जता प्रकट गरेकाेमा आफूहरुले घटनाकाे भर्त्सना गरेकाे महासचिव विनाेद प्रकाश पण्डित द्वारा निकालिएकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ । साथै प्राधिकरण पुनर्निर्माणमा केन्द्रित हुनुपर्ने समेत उल्लेख गरिएकाे छ ।

प्राविधिक इन्जिनियरकाे भविष्य सुनिश्चिताऽ कार्य मूल्या‌कन, सामाजिक सुरक्षा, स्वास्थ्य दुर्घटना बीमा तालिम लगायतका कुराहरुकाे उचित व्यवस्थापन गरिनुपर्ने सम्बन्धमा सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (CDEN) ले लामाे समय देखि प्राधिकरणलाइ घच्घच्याउँदै आइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij