२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

लगानीमैत्री वातावरण बने उद्योग सञ्चालनको योजनामा रहेका कुमार

लगानीमैत्री वातावरण बने उद्योग सञ्चालनको योजनामा रहेका कुमार

शून्यबाट शुरु भएको यात्रा, उद्योग सञ्चालन सम्मको योजना

कुमार नेपाली, प्रबन्ध निर्देशक, सृजना इलेक्ट्रोनिक्स शप

कुमार नेपालीको जन्म वि.सं. २०३७ सालमा भएको हो । साधारण परिवारमा जन्मिएका व्यक्ति हुन् उनी । सन् २००४ सालमा कुवेत गएर सन् २००९ मा उनी नेपाल फर्के । कुवेतमा पाँचवर्षसम्म रहँदा उनले त्यहाँ निकै संघर्ष गर्नुप¥यो । त्यसपछि आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने योजनासहित नेपाल आए उनी । साधारण अध्ययन गाउँकै विद्यालयबाट गरेपछि १३ वर्षको उमेरमा नै भागेर काठमाडौं आए । केही समय पढाई रोकियो । पछि पढाई अघी बढाएपनि धेरै अघी बढ्न सकेन । उनले श्रममा आधारित घरायसी काममा लामो समय व्यतीत गरे । कामको खोजीमा नेपालका थुप्रै जिल्लाहरु चहारे । तैपनि सन्तुष्ट हुन सकेका थिएनन् । जिरीको प्राविधिक शिक्षालयबाट इलेक्ट्रोनिक्स तालिम लिएपश्चात् गाउँबाट नै केही समय सम्बन्धित कामको पसल स्थापना गरे । पसल ३ बर्ष चलाए । त्यसले पनि उनी सन्तुष्ट हुन सकेनन् ।

अत्तरखेलबाट उनले इलेक्ट्रोनिक्स व्यवसाय शुरुवात गरेका हुन् । उक्त व्यवसायमा प्रतिष्पर्धा निकै कम थियो त्यसबेला । दैनिक कारोबार नै ३–४ लाख सम्म पुग्थ्यो । त्यसबेलाको तुलनामा अहिले व्यवसाय निकै नै घटेको छ । घरपरिवार र श्रीमतीको सहयोगबाट उनले आफूलाई माथि उठाउन सकेका हुन् ।

द्वन्द्वकाल चलेपछि त झन्नेपालमा व्यापार व्यवसाय गर्न सक्ने अवस्था समेत रहेन । त्यस समयमा २ ओटा मध्ये एउटा विकल्प छनौट गर्नुपथ्र्यो । कि त माओवादीमा लागेर युद्धमा हिँड्नुपथ्र्यो कि त विदेशको बाटो तताउनुपथ्र्यो । उनले वैदेशिक रोजगारीमा जानुपर्ने आवश्यकता महसुस भयो । त्यसकारण सन् २००४ मा उनी कुवेत गए । ५ बर्ष रोजगारीको लागि कुवेतमा बिताएपछि नेपाल फर्किए उनी । कुवेतमा रहँदा उनी कामदारको रुपमा कार्यरत थिए उनी । विदेशमा रहँदा केही समय उनी अपरेटरको रुपमा कार्यरत रहे । आफूले पहिले नै सिकेको इलेक्ट्रोलिक्स व्यवसायलाई फुर्सदको समयमा त्यहाँ पनि अपनाए उनले । कुवेतको बसाईले धेरै कुरा सिकायो । समयको महत्व बुझायो । परिश्रमको महत्व बुझायो । विदेशमा जति काम गरिन्छ, त्यति काम नेपालमा नै गर्न सक्ने हो भने नेपालमा राम्रो आर्थिक उपार्जन गर्न सकिँदोरहेछ भन्ने कुरा सिक्ने अवसर पाए ।

नेपाल फर्किएपछि वि.सं २०६६ मा १ लाख ६० हजार लगानीमा एउटा पसल किने उनले । अब उनी व्यवसायमा जम्दै थिए । २०६५–६६ मा पुग्दा व्यवसायमा मन्दी छायो । त्यसपछि उनी व्यवसायलाई नयाँ तवरले अघी बढाउनुपर्छ भन्ने मान्यतामा पुगे । चीनबाट आयात हुने मोबाइल, इलेक्ट्रोनिक्स लगायतका सामानहरु बिक्री गर्न शुरु गरे । व्यवसाय राम्रो हुँदै गयो । दैनिक रुपमा नै १०–१५ हजार भन्दा माथि मुनाफा रहने अवस्था पनि बन्यो । त्यसले उनलाई थप हौसला मिल्दै गयो । व्यवसायलाई बिस्तार गर्दै लगे ।

काठमाडौं प्रवेश गर्दा अत्यन्तै साधारण अवस्थाबाट आएका उनी कमाई राम्रो हुँदै जाँदा निकै फुरुङ्ग थिए । आफू गाउँबाट आउँदा ८० रुपियाँ लिएर काठमाडौं आएको सम्झन्छन् उनी । पहिलो पटक काठमाडौं आउने समयमा जिरीबाट काठमाडौं सम्मको भाडा नै ७० रुपियाँ लाग्थ्यो । बाँकी रकम चिया पिउँदा नै सिद्धियो । आफूसँग केही पनि थिएन । जसले गर्दा उनको काठमाडौंको बसाई निकै नै सङ्घर्षमय हुन पुग्यो । जे होस्, काठमाडौं आउने बित्तिकै उनलाई काम मिलिहाल्यो । इलेक्ट्रोनिक्स पसलमा काम पाइहाले । आफ्नो सानै देखिको रुचिको क्षेत्र पनि थियो इलेक्ट्रोनिक्स सम्बन्धी काम । अहिले पनि उनले त्यही कामलाई नै आफ्नो व्यवसायको रुपमा अँगाल्दै आएका छन् । व्यवसाय राम्रो हुँदै जाने क्रममा उनले पछि घरजग्गाको कारोबारमा पनि हात हाले ।

व्यावसायिक अनुभव

अत्तरखेलबाट उनले इलेक्ट्रोनिक्स व्यवसाय शुरुवात गरेका हुन् । उक्त व्यवसायमा प्रतिष्पर्धा निकै कम थियो त्यसबेला । दैनिक कारोबार नै ३–४ लाख सम्म पुग्थ्यो । त्यसबेलाको तुलनामा अहिले व्यवसाय निकै नै घटेको छ । घरपरिवार र श्रीमतीको सहयोगबाट उनले आफूलाई माथि उठाउन सकेका हुन् । पसल सञ्चालन केही परिश्रममूलक अवश्य थियो । तैपनि व्यवसाय सञ्चालन गर्न चाहने व्यक्तिले अन्य व्यक्तिहरु संलग्न भइनसकेको अर्थात कम प्रतिष्पर्धा रहेको र बजारमा राम्रो माग रहेको व्यवसाय शुरुवात गर्नुपर्दोरहेछ भन्ने उनले सिके । व्यवसायको शुरुवात १ लाख ६० हजार पसल किन्नको लागि खर्च भएभन्दा बढी केही पनि भएको थिएन ।

अहिले पनि उनले सृजना इलेक्ट्रोनिक्स शप सञ्चालन गर्दै आएका छन् । व्यवसायको कारोबार केही घटेपनि आफ्नो विगतको पृष्ठभूमिको आधारमा हेर्दा राम्रै छ । व्यवसाय सञ्चालन गरेको करिब डेढ दशक भइसक्यो । सृजना इलेक्ट्रोनिक्क शप जोरपाटीको अत्तरखेलमा सञ्चालनमा छ । शुरुवाती पनि त्यही ठाउँबाट गरिएको हो । हाल उक्त पसलमा टिभी, फ्रिज, वासिङ मेसिन, घडी, मोबाइल, कभर लगायतका सबै किसिमका इलेक्ट्रोनिक्स सामानहरु उक्त पसलमा उपलब्ध छन् । काठमाडौंबाट व्यवसाय गरिरहेका उनले नेपालका उपत्यका बाहिरका मुख्य शहरी क्षेत्रहरुमा सामान उपलब्ध समेत गराउँदै आएका छन् । यस व्यवसायमा हाल ६ जना व्यक्तिहरु कार्यरत छन् ।

 

अबका दिनमा व्यापार व्यवसायलाई थप पारदर्शी बनाउँदै लैजानुपर्ने जरुरी छ । व्यवसायीहरु अझै पनि व्यावसायिक नियम कानुनहरु बारे अनविज्ञ छन् । उनीहरुलाई भ्याट–प्यान लगायतका बिलबिजक बारे पनि राम्रो ज्ञान छैन । यस्तो अवस्थामा उनीहरुलाई थप वित्तीय चेतना र नियम कानुनबारे बुझाउनुपर्ने जरुरी छ । राज्यले व्यवसायीलाई दुख दिनमा नभई सहजीकरण गर्नको लागि समेत काम गर्नुपर्छ ।

 

अहिलेको व्यवसाय

अहिले नेपालको व्यापार व्यवसायमा केही मन्दी चलेको छ । जसले गर्दा चाहेर पनि लगानी थप्न नसक्ने स्थिति छ । हाल सृजना इलेक्ट्रोनिक्समा २ करोड भन्दा माथिको लगानी गरिसकेका उनी समयले साथ दिएको खण्डमा उत्पादन तर्फ केन्द्रित हुन चाहन्छन् । राज्यले उत्पादनमूलक नीति लिन सकेको खण्डमा नेपालमा १ सय भन्दा बढी व्यक्तिलाई रोजगारी दिन सक्ने गरी उत्पादनमूलक उद्योग सञ्चालन गर्ने आफ्नो रहर सुनाउँछन् उनी ।

मन्दीको कारण

नेपाललाई अहिले आर्थिक मन्दी आउनुमा कोरोनाले ठूलो असर पारेको छ भन्ने उनलाई लाग्छ । नेपाल उत्पादनमूलक नभई आयातमा आधारित उपभोगमुखी मुलुकको रुपमा चिनिन्छ । त्यसकारण नेपालमा यहीँ उत्पादन हुन सम्भव हुने वस्तु समेत यहाँ उत्पादन नगरी आयातको लागि हामीले ठूलो रकम बाहिर पठाउनुप¥यो । नेपालमा अहिले सम्म राज्यले यहीँ उत्पादनलाई बढाउने बारे सोच्न नसक्नु दुखद पक्ष हो ।

नेपालको अर्थतन्त्रलाई माथि उठाउनको लागि यहाँ नै लगानी गर्न सक्ने उपयुक्त वातावरण निर्माण गर्न सक्नुपर्छ । राज्यले लगानी सुरक्षित हुने वातावरण निर्माण गर्न सकेको खण्डमा एकजना व्यक्तिले गरेको लगानीबाट सय–डेढ सय व्यक्तिलाई रोजगारी सृजना गर्न सक्ने थुप्रै व्यक्तिहरु उद्योगमा आउन तयार छन् । तथापि नेपालको अहिलेको अवस्थालाई विचार गर्दा यहाँ उद्योग सञ्चालन गर्न कोही पनि उत्साहित छैनन् । व्यवसायीले अर्थतन्त्र राम्रो भएको समयमा लगानी बिस्तार गर्न चाहन्छ, व्यवसायमा केही जोखिम जहिले पनि रहने भएपनि जोखिमको दर के–कस्तो छ भन्ने विचार गरेर मात्र उद्योगी व्यवसायीले लगानी विस्तार गर्नुपर्ने धारणा राख्छन् उनी ।

ट्रेण्डमा नभई उत्पादनमा केन्द्रित होऔं

अहिले मैले सञ्चालन गर्दै आएको इलेक्ट्रोनिक्स व्यवसाय टे«डमा आधारित छ । ट्रेडले ठूलो मात्रामा रोजगारी सृजना गर्न सक्दैन । व्यवसायीलाई व्यापारमा तुलनात्मक रुपमा जोखिम कम हुन्छ । पसल र व्यवसाय सञ्चालन गर्दा पसल–फर्म सञ्चालनको लागि गरेको सेटअप नै व्यवसायीको मुख्य लगानीको रुपमा रहन्छ । कुनै कारणले व्यवसाय राम्रो हुन सकेन भने पनि व्यवसायलाई सजिलै छोड्न सक्ने स्थिति रहन्छ । जबकि उद्योग सञ्चालन गर्ने व्यक्तिले दिगो योजना सोचेर व्यवसाय सञ्चालन गरेको हुन्छ । राज्यले जग्गा, कर्मचारी, कर लगायतमा सहजीकरण नगरी उत्पादन कार्यमा संलग्न हुन सकिँदैन । व्यापारको तुलनामा उद्योग सञ्चालन अलि गाह्रो कुरा हो । जहाँ जोखिम दर पनि व्यापार भन्दा उच्च रहन्छ । तथापि उद्योग सञ्चालनबाट प्राप्ति हुने आत्मसम्मान, इज्जत र आत्मविश्वास अलग्गै किसिमको हुन्छ ।

 

अन्त्यमा,

अब नेपालमा व्यापारलाई भन्दा पनि उत्पादन तर्फ हामी केन्द्रित हुनुपर्छ । उत्पादन कार्य दिगो योजना बमोजिम अघी बढेको हुन्छ । दिगो योजनाले नै हामीलाई कति समयमा कहाँ पुग्ने भन्ने कुरा निर्धारित गर्दछ ।

अबका दिनमा व्यापार व्यवसायलाई थप पारदर्शी बनाउँदै लैजानुपर्ने जरुरी छ । व्यवसायीहरु अझै पनि व्यावसायिक नियम कानुनहरु बारे अनविज्ञ छन् । उनीहरुलाई भ्याट–प्यान लगायतका बिलबिजक बारे पनि राम्रो ज्ञान छैन । यस्तो अवस्थामा उनीहरुलाई थप वित्तीय चेतना र नियम कानुनबारे बुझाउनुपर्ने जरुरी छ । राज्यले व्यवसायीलाई दुख दिनमा नभई सहजीकरण गर्नको लागि समेत काम गर्नुपर्छ । यहाँ थुपै्र व्यवसायीहरु राज्यका नीतिबारे अनविज्ञ रहँदा ठूलो दण्ड जरिवानामा पर्ने स्थिति छ । यसकारण ठूलो कर राजस्व संकलन गर्ने व्यवसायीहरुलाई आवश्यक तालिमहरु सञ्चालन गर्ने अभिभारा समेत राज्य पक्षले वहन गर्नु जरुरी छ ।

(प्रस्तुतीः कमल पन्थी)

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij